न्युयोर्क
अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस कार्यदलले आगामी दुई हप्ता अझै डरलाग्दो हुने हुँदा बजारमा दैनिक उपभोग्य बस्तु किनमेल गर्न समेत नजान संकेत गरेको छ । कोरोना भाइरस कार्यदलका सदश्य डा. डेबराह ब्रिक्सले शनिबार साँझको पत्रकार सम्मेलनमा भनेकी छिन् “आगामी दुई हप्ता अति नै महत्वपूर्ण छ । यो दुई हप्ता ग्रोसरी गर्न स्टोरमा र औषधी किन्न फार्मेसीमा जाने समय होईन । सबैले आफ्नो परिवार र साथीभाईलाई बचाउने समय हो” ।
आईतबार साँझ सम्म ९ हजार ५ सयको मृत्यु र ३ लाख ३४ हजार संक्रमित भएर कोरोना संक्रमितको संख्यामा विश्वमा नै नम्बर एक बन्दै गर्दा राष्ट्रपति ट्रम्पले शनिबारको पत्रकार सम्मेलनमा भनेका छन् “सबैभन्दा खराब समय आउन बाँकी नै छ । यो हप्ता र आगामी हप्ता सम्भबत सबैभन्दा कठिन हप्ता हुने छ” । राष्ट्रपति ट्रम्प थप्छन् – “थुप्रैको मृत्यु हुनेछ । दुर्भाग्यबस मृत्यु हुन्छ” । ४ हजार १ सय ६० को मृत्यु र १ लाख २३ हजार संक्रमित भएर न्युयोर्क राज्य अमेरिकाकै कोरोना ईपिसेन्टर बनेको अवस्थामा गभर्नर कुमोले पनि चेतावनी दिदै भनेका छन् “संघर्षको पहाडको टुप्पोमा पुग्न नै बाँकी छ” ।
from vishowews