२४ घण्टामा अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु : ७६६० संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५  जनाको मृत्यु भएको हो । यसैगरी ७ हजार ६६० जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ ।

नेपालमा अहिलेसम्म तीन लाख ५१ हजार पाँच जनामा संक्रमण पुष्टि हुँदा दुई लाख ८७ हजार ७९० जना निको भएका छन् । नेपालमा निको हुनेको दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १७ सय ७५ जनाले कोरोना जितेका छन् ।

मंगलबार ५५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३४ सय १७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *