वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले २० लाख कोरोनाभाइरसको खोप उत्पादन भइसकेको दावी गरेका छन् । र ती खोप तयारी अवस्थामा रहेको उनको जिकिर थियो ।
ट्रम्पले यही शुक्रबार ह्वाइट हाउसमा नियमित पत्रकार सम्मेलनको क्रममा यस्तो दावी गरेका हुन् । खेप विकासमा काम गरिरहेका वैज्ञानिकहरुले भने यसबारे प्रतिक्रिया दिएका छैनन् ।
अब ती खोपको सुरक्षित परीक्षण भएको अवस्थामा ती सबै प्रयोगका लागि तयार रहने पनि ट्रम्पको भनाइ थियो ।
स्वास्थ्य विभाग र ह्वाइट हाउसका प्रवक्ताले भने यसबारे टिप्पणी गरेका छैनन् । ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले भने कम्तिमा २०२१ को मध्यसम्म खोपको प्रयोग गर्न सकिने बताएका छन् ।
महामारीविरुद्ध सक्रिय रुपमा कार्यरत विज्ञहरु अझै खोपको स्थायीत्वबारे खोजमै संघर्षरत छन् । ट्रम्पले भने अमेरिकी अधिकारीहरुले रोगलाई राम्ररी बुझिसकेको प्रतिक्रिया दिएका छन् ।
वैज्ञानिकहरु भने खोपले कस्तो प्रतिक्रिया दिन्छ त्यसबारे अध्ययन गरिरहेको बताउँछन् । यसवाहेक ट्रम्पले कोरोनाभाइरस बारे हजारौँ झुटा प्रतिक्रिया दिइसकेका छन् । कतिपय अवस्थामा महामारीबारे ट्रम्पले दिएका प्रतिक्रिया विज्ञहरुले झुटो सावित गरिदिएका छन् ।