१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार

नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई  विदेशमा विस्तार गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।

निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक गंगाधार गौतमका अनुसार नेपाली कांग्रेसको नीति तथा कार्यक्रमलाई विदेशमा रहेका नेपाली समुदाय समक्ष पुर्‍याउने उद्देश्यले सो प्रतिष्ठानको विस्तार गरिएको हो।

प्रतिष्ठानमा डा. बलराम श्रेष्ठ (जापान), खेमराज बस्नेत (युएई), रामकुमार महतो (स्विजरल्याण्ड), रामबहादुर गुरुङ (हंगकंग), केशब बराल (अमेरिका), देबि भुसाल (दिपिका) इजरायल, क्रान्ति सिंह (कतार), सोम सापकोटा (माल्टा), जितेन्द्र सिंह महता कोरिया (बैतडी), डा. जितु उपाध्याय (क्यानाडा), राजकुमार गौतम (पोर्तुगल), बिनोदबहादुर थापा (मलेसिया), प्रेम सापकोटा (अस्ट्रेलिया), पदम क्षेत्री (रामचन्द्र) नेदरल्याण्ड, गोपालप्रसाद कोइराला (भारत) र कोपिला लिम्बू (बेलायत) रहेका छन्।

प्रतिष्ठानलाई थप २२ देशमा विस्तार गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *