काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका १३४ पदमा पाँच सय ४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ ।

त्यसमध्ये निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका लागि शनिबार ५४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । एक जना सभापतिकालागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीकालागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, सह–महामन्त्री खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट गरी जम्मा ८ पदमा २० जनाको उम्मेदवारी परेको छ ।
केन्द्रीय सदस्य पदहरूमा
- थारुतर्फ १४ जना
- मधेसीतर्फ ३२ जना
- आदिवासी जनजातितर्फ ८७ जना
- खसआर्य ९३ जना
- दलिततर्फ ३९ जना
- महिलातर्फ ३१ जना
- पिछडिएको क्षेत्रतर्फ २
- अपाङ्गता भएकाहरूका तर्फ १६
- अल्पसंख्यकतर्फ ६
- मुस्लिमतर्फ १६
- खुलातर्फ १०९ जन
- प्रदेश १ बाट १३
- प्रदेश २ बाट ५
- वाग्मती प्रदेशबाट ९
- गण्डकी प्रदेशबाट ७
- लुम्बिनी प्रदेशबाट ११
- कर्णाली प्रदेशबाट ७
- सुदूरपश्चिम प्रदेशबाट १२
उम्मेदवारहरूको दाबी विरोध र फिर्ता गर्ने समय आइतबार बिहान ११ बजेसम्म छ भने दिउँसो १ बजे उम्मेदवारी फिर्ताको समय तोकिएको छ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् ।