काठमाडौं – आगामी वैशाख ३० गते हुन लागेकाे स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् । करिब एक लाख ५३ हजार उम्मेदवारी परेको थियाे ।
आयोगको कार्यतालिका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए ।