स्थगित १५ केन्द्रमा दुई दिनभित्रै पुनः मतदान हुने

निर्वाचन आयोगले विभिन्न १५ केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । आयोग मुख्यालयमा साँझ गरिएको पत्रकार सम्मेलनमार्फत आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ केन्द्रमा मतदान स्थगित भएको जनाएको हो ।

स्थगन तथा रद्द भएका ठाउँमा दुई दिनभित्र मतदान गराउन मतदान अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले जानकारी दिए । उनले मतदान सम्पन्न भएका केन्द्रबाट मतपेटिका संकलन गरी ढुवानी भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *