सियाटलमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा तथा ब्रेन गेन कार्यक्रम हुँदै

 

अमेरिका, अमेरिकाको वासिंटन स्टेटस्थित सियाटलमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ । सियाटलस्थित महावाणिज्यदुत एसी शेर्पाले दिनु भएको जानकारी अनुसार अगष्ट ७ र ८ मा आयोजना गरिने छ । दुई दिनसम्म चल्ने सो शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवा पाउन सकिने महावाणिज्यदुत शेर्पाले नागरिकन्यूजलाई बताए ।

सोही कार्यक्रमसंगै नेपालको पर्यटन र व्यापारलाई प्रमोसन गर्नका लागि अमेरिकन व्यवसायी, सामाजिक अगुवा, सरकारी उच्च पदस्थ अधिकारीहरुलाई ब्रेन गेन कार्यक्रमको आयोजाना गरिएको छ । ब्रेन गेन नेपाल कार्यक्रममा मुख्य पाँच मुल मन्त्रलाई आधार मानिएको छ । जसमा प्रवासलाई नेपालसंग जोडेर समृद्ध नेपालको निम्ति अभियानलाई सार्थक बनाउन सो कार्यक्रम आयोजना गरिएको बताईको छ । सियाटलमा हुने घुम्ती शिवीर कार्यक्रमका बारेमा सहभागी हुनका लागि नेपाल कन्सुलेट डट ओआरजीमा गएर नाम दर्ता गर्न सकिने महावाणिज्यदुत शेपाले बताए ।

राजदुत डा खतिवडाले कार्यभार सम्हालेको छोटो समयमा तीव्रता दिइएको घुम्ती शिविर डालासमा मे १४ र १५ तथा ह्युस्टनमा १६ र १७ तारिकमा र त्यस अघि सिकागो र क्यालिफोनियामा सम्पन्न भईसकेको छ । शिविरबाट विभिन्न कारण पासपोर्ट नविकरण नभएका, भिसा सकिएकाहरुले लाभ लिन सकिने छ भने सेवा आवश्यक पर्ने नेपाली तथा विदेशी नागरिकहरुले शिविरमा सम्पर्क राख्न वा दुतावासको वेव साईटमा गएर फर्म भर्न सकिने सुचनामा उल्लेख गरिएको छ । कोरानाका कारण ट्राभल गर्नबाट बन्चित भएका र अन्य कारणले रोकिएका सरकारी काम सोही शिविरबाट हजारौ नपाली तथा अमेरिकनहरुले लाभ लिएका छन । कार्यक्रमको सम्पुर्ण जानकारीका लागि https://nepalconsulate.org जानकारी लिनु सक्नुहुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *