अबिरल वर्षाको कारण बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ मल्लेसीमा पहिरो जाँदा वेपत्ता भएको त्यहाँका स्थानियवासीहरुले बताउनुभयो । वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले गएराती वडा नम्वर ८ को मल्लेसीका २० घर बगाएको त्यहाँका स्थानीय लोकेन्द्र बिकले बताउनुभयो ।
विकका अनुसार पहिरोमा परि सात जना वेपत्ता भएका छन् । यता जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमसहितको घटनास्थलमा प्रहरीको टोली गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठाँउठाँउमा खोलामा पानीको बहाव बढेका प्रहरी र अरु जनसमुदायहरु ढिला पुगेका हुन ।
जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी गणेश बमको नेतृत्वमा प्रहरी सशस्त्र प्रहरी नेपाली सेनाको टोली घटना स्थलमा पुगेको हो । उनले उद्वार गर्दा ७ जना मध्य अहिले सम्म ६ जनाको लास फेला परेको छ भने एक जनाको शब फेला पर्न सकेको छैन । पहिराले २० घर बगाएका छन । गाईगोरु २४ बाख्रा ६५ भैंसी २२ मानिस ७ जना जसमा ४ महिला ३ पुरुष रहेका छन ।
मृत्यु हुनेमा ८० बर्षिया दले २० बर्विया जेठारा ,गिरी जेठारा ,४६ बर्षिया राममती जेठारा १६ बर्षिया शान्ति जेठारा ११ बर्षिया प्रयाग जेठारा,७ बर्षिया अस्मिता जेठारा,१५ बर्षिया सन्तु जेठारा रहेका छन । गाउमा ६५ घरहरु रहेको गाउमा २० पहिरोले बगाएको हो । पहिरो राति १२ बजे गएको स्थानीयको भनाइ छ ।

पीडितहरुले सामान्य खानपीन र एकसरो कपडा पनि लगानउन पाएका छैनन । पीडितपरिवारहरु अहिले पनि रुखको फेदमा बस्न बाध्य भएका छन । उनिहरुको घर, लगाउने कपडा र खाने सबै पहिरोले बगाएको छ । पीडितहरुले अहिलेसम्म पनि राहातको अभावमा सामान्य जीवन यापन गर्न नसक्ने अवस्थामा रहेको स्थानीयहरुले राहातका लागि अपिल गरेका छन ।