सांसद नपाएपछि स्वतन्त्र पार्टीका केन्द्रिय सदस्यले पार्टी छाडे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नी गुरुमालाई गुरुदक्षिण स्वरूप समानुपातिक सांसद बनाएको आरोप लगाएका छन् ।

पार्टीले शनिबार आफ्नो भागमा परेको प्रतिनिधिसभा तर्फको समानुपातिक १३ जना सांसदको नाम निर्वाचन आयोगमा बुझाएपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।

कार्कीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

महामन्त्री ढकालले पार्टीको थितिविपरीत आफ्नी गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर स्वरूप समानुपातिक सांसद नबनाएको भए आफू सांसद बन्ने कार्कीको भनाइ छ । उनले फेसबुकमा लेखेका छन्, ‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।’

उनले आफू खसआर्य खुलातर्फको दोस्रो नम्बरमा भएको बताएका छन् । कार्कीले पार्टीभित्र थिति बसाउनका लागि सुरुदेखि नै प्रयास गरे पनि आफू असफल भएको बताए । ‘जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, विधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरूले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिनँ । मेरो भागमा पर्ने कमजोरी स्वीकार्दै माफी चाहन्छु । तर, यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *