डा रामकुमार अधिकारी
२०४६ सालको आन्दोलनमा महाराजगन्ज मेडिकल क्याम्पसमा आन्दोलन गर्दादेखि लगातार मेरो एक असल मित्रको रुपमा रहनु भएका जनसेवाका प्रतिक, राजनीतिलाई समाजसेवाको माध्यम बनाउनुपर्छ भन्ने प्रेरक जीवनशैलीका प्रयाय, पूर्व प्रदेश सांसद, नेपाली काँग्रेसका नेता डा। राजाराम कार्कीको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
डा। राजाराम कार्कीका केही स्वभाबहरु
राम्रो नियत, दृढ इच्छाशक्ती, ब्यबस्थापकीय क्षमता, इन्नोभेसन, सबल जीबनशक्ति सफलताका आधारहरु हुन भन्ने कुरा बुझ्दै ‘बिचार’ नै मानब जीबनको सर्बशक्तिमान हतियार हो भन्ने कुरामा विश्वाश गर्ने र आफुलाई स्वस्थ जीबनशैली तिर लाग्न, बदलिन तयार हुने स्वभाब डा। साबमा थियो ।
राजनीति गर्ने ब्यक्तिहरुको ब्यक्तिगत स्वार्थ केही हुन्न, सुन्दर संसार निर्माण गर्नु नै एक मात्र उद्येस्य हुन्छ भन्ने कुरा बुझ्ने, सामुहिकता भन्दा एक्लो बिर बन्ने प्रयास नगर्ने स्वभाब डा। साबमा थियो।
गौतम बुद्धले प्रतिपादन गरेको दर्शनमा हजारौंले पि। एच। डी। गरेका छन । गौतम बुद्धले त कुनै डिग्री लिएका थिएनन् । तसर्थ अध्ययन, अनुभब र स्वस्अध्ययनले कुनै बिषय बस्तुमा गहिरो सैधान्तिक र व्याबहारिक ज्ञान भएको ब्यक्ति त्यस बिषयको बिद्धान हुन्छ भन्ने कुरा स्पष्ट छ। ग्रिक दार्शनिकहरुले भनेका छन ( अध्ययन, अनुभब, स्वस्अध्ययनले प्राप्त ज्ञान ूसमुद्रू हो भने परिक्षामा प्राप्त नम्बरको आधार र शैक्षिक डिग्री ूखोलाू मात्र हो । ूबिद्धताू शैक्षिक डिग्री प्राप्त गरेको जस्तो सजिलै प्राप्त गर्न सकिदैन । यि सास्वत सत्य मैले उहाँबाट नै सिकेको हुँ ।
कम बोल्ने र स्थिर हुने, कहिल्यै कसैको कुरा नकाट्ने, तथ्यमा विश्वाश गर्ने, प्रमाणमा विश्वाश गर्ने, कसैले कुरा लगाएको भरमा विश्वाश नगर्ने, आफ्ना पकेटका कार्यकर्ताहरुले भनेका कुरा बिश्लेषण नगरि पत्याएर धारणा बनाउने काम नगर्ने स्वभाब डा। साबमा थियो।
लामो भाषण नगर्ने, भाषण गर्दा छोटो समयमा आफ्ना कुरा भनी सक्ने स्वभाब डा। साबमा थियो ।
यो युग निषेधको युग होइन, बरु सहमति, सहकार्य, सौहार्दता, शिष्टता र कम्प्रोमाइजको युग हो भन्ने कुरा बुझ्ने र त्यहि अनुसार व्यबहार गर्ने स्वभाब डा। साबमा थियो ।
जो सँग पनि मुस्कुराएर कुरा गर्ने, हँसिलो व्यबहार गर्ने, मुस्कान सहितको नमस्कार गर्ने, पद नपाउँदा दुखित नहुने र पद पाउँदा अती खुशी नहुने, अतीबादलाई विश्वाश नगर्ने, रिस उठ्ने बित्तिकै मुस्कुराएर रिस शान्त पार्ने, लोभ, इर्ष्या, डाह, आक्रोश, प्रतिशोध, शोक, भय, क्रोध, अभिमान, घमण्ड, दम्भ आदीलाई दबाउने स्वभाब डा। साबमा थियो ।
जतिसुकै ब्यस्त भए पनि अरुलाई अभिबादन गर्न, धन्यवाद ज्ञापन गर्न, हालखबर सोध्न, शिष्टाचार ब्यक्त गर्न र कृतज्ञता जाहेर गर्न नभुल्ने स्वभाब डा। साबमा थियो ।
जीबनप्रति सजग, काम कर्तब्यप्रति सचेत हुने, लचिलो, सरल र मिजासिलो हुने, कम महत्वकाङ्क्षी हुने, परिश्रमशील हुने, कुशलतापूर्वक गुणात्मक ब्यबस्थापकीय क्षमता सहित कार्य सम्पादन गर्ने स्वभाब डा। साबमा थियो ।
सीग्र परिवर्तनको नीम्न पुँजिबादी चिन्तन नलिने र आफुले भनेको जस्तो नभएमा तुरुन्त प्रतिकृया नदिने र छिटो नकारात्मक नीर्णय नलिने, पार्टीमा आफ्नो योग्यता, क्षमताले अरुलाई हेप्ने नगर्ने, सहि र दीर्घकालिन असर पर्ने कुराहरुमा एन्टी करेन्ट हिंड्ने आँट गर्ने स्वभाब डा। साबमा थियो ।
परिणाममा विश्वाश गर्ने, अन्धभक्तता र अन्धबिरोध जस्ता अतिबाद नमान्ने । नियम, बिधी र प्रकृयालाई केन्द्रमा राखेर काम गर्ने। बिबाद जिबन्तताको नाम हो, बाद, बिबाद, सम्बाद, प्रतिबाद, आलोचना, आत्माआलोचनालाई सहज ठान्ने र पुर्बाग्रह नपाल्ने स्वभाब डा। साबमा थियो ।
अन्य पार्टिका नेताहरु, कार्यकर्ताहरुलाई सम्मान गर्ने र अन्य पार्टिका नेता कार्यकर्ताको ब्यक्तिगत कुरा कहिलै नगर्ने, बिरोध गर्दा पनि शिष्ट भाषा प्रयोग गर्ने स्वभाब डा। साबमा थियो ।
आफ्ना जस्तै अरु सहकर्मीको पनि चित्त हुन्छ भन्ने कुरा बुझ्ने । राजनीतिलाई कमाइखाने पेशा नमान्न र आम्दानिको आफ्नै बेग्लै पेशा बनाएर राजनीतिलाई नितान्त समाज सेवा मात्र बनाउने स्वभाब डा। साबमा थियो।
ज्ञद्ध। निजी कार्यकर्ता वा भजन मन्डली नबनाउने र प्रशंसाको भोको नहुने, जस्तो सुकै अन्याय र अपमान हुँदा पनि आफ्नो लक्षमा अडिग रहने स्वभाब डा। साबमा थियो।
ब्यक्ति, परिवार, समुदाय, समाज, राष्ट्रको निस्वार्थ सेवा गर्ने । जनतालाई केन्द्रमा राख्ने, क्षमा दिन र क्षमा माग्न तयार हुने, कृतज्ञता र धन्यबाद भाबले भरीपूर्ण हुने चरित्र डा। साबमा थियो ।
यी बाहेक मानब जातिका लागि कार्य गर्ने अनेक राम्रा स्वभाब भएका यी महान आत्मालाई धादिङ लगायत अन्य क्षेत्रका जनताले कहिलै बिर्सने छैनन् र हामी तपाईंलाई कहिलै बिर्सने छैनौँ ।
सहकर्मी डा रामकुमार अधिकारीको फेसबुकबाट