सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्चका न्यायाधीशमा सिफारिस

न्यायपरिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।

सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालत पाटन तथा सर्वोच्चकी रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस भएका हुन्।

 

यसैगरी, परिषद्ले राजस्व न्यायाधीकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपर नेपालगन्ज इजलासका न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्नसमेत परामर्श दिएको छ।

परिषद् बैठकले उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारूलाई उच्च अदालत तुलसीपुरअन्तर्गत नेपालगन्ज इजलासमा सरुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *