सरकारको नीति तथा कार्यक्रममा एनआरएनलाई डिजिटल परिचयपत्र

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने भएको छ । मंगलबार संसदमा पेस भएको सरकारको नीति तथा कार्यक्रममा डिजिटल परिचयपत्र उपलब्ध गराउने कुरा उल्लेख छ ।

नीति तथा कार्यक्रमको १४२ नम्बर बुँदामा भनिएको छ, विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाइने नीति लिइनेछ । कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गरिनेछ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराइनेछ । गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गरिने ।

नीति तथा कार्यक्रमको अन्त्यमा भनिएको छ– नेपालको विकासमा सहयोग पु¥याउने छिमेकीलगायत सबै मित्रराष्ट्रहरु, विकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिन चाहन्छु ।

तल क्लिक गर्नुस्

https://www.nepalbritain.com/wp-content/uploads/NaPaL-SaRaKaRaKa-NaTa-TaTha-KaRaYaKaRaMa-_.pdfNaPaL-SaRaKaRaKa-NaTa-TaTha-KaRaYaKaRaMa-_

Leave a Reply

Your email address will not be published. Required fields are marked *