समानुपातिक तर्फको बन्दसूची राति १२ बजेसम्म सार्वजनिक गरिने

काठमाडौं– निर्वाचन आायेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूची शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ ।
शनिबार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक तर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने बताए । उनले शनिवार साँझ ५ बजेसम्म नाम सार्वजनिक गर्ने भनेपनि केही कारणवश ढिलाइ भएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published.