समाजसेवी कृष्ण लामिछानेको अन्त्यष्टि सम्पन्न, दुई छोरीले दिए दागबत्ति, बाउको ईच्छा अधुरो (अन्तेष्टिको भिडियो)

अमेरिका / नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्ण लामिछानेको शनिवार अन्त्यष्टि गरिएको छ।

लामिछानेलाई अन्तिम श्रद्दान्जलि दिन नेपाली समाज टेक्सास, नेपाली मन्दिरले संयुक्त रुपमा कार्यक्रम गरेका थिए।

श्रद्दान्जलि कार्यक्रममा ठूलो मात्रामा नेपाली समुदायको उपस्थित रहेको थियो। लामिछानेलाई उनका दुई छोरीले दागबत्ति दिएका थिए।

कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, पूर्व अध्यक्ष दिनेश शर्मा, कमल सापकोटा लगायतले स्वर्गिय लामिछानेले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए।

नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक महासचिव समेत रहेका लामिछाने नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन्।

उनी मार्च २१ मा घरमा मृत भेटिएका थिए। स्थानीय प्रहरीले उनको शवलाई पोसमार्टमका लागि अस्पताल लगेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको मृत्युमा आपराधिक गतिविधि नदेखिएको जनाएको छ।

यद्पी सामाजिक संजाल उनको मृत्युलाई दिएर विभिन्न टिका टिप्पणी भएका छन्।

लामिछाने गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको पछिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए।

उनी निकट अनुसार लामिछाने केही समय देखि पारिवारिक समस्या पर्दै आएका थिए। उनलाई उद्दार गर्ने प्रयास लामिछानेकै कारण सफल नभएको बताइएको छ।

उनको परिवारिक विवादका बेला रेकर्ड गरिएको भनिएका विभिन्न भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। यद्पी ती भिडियोहरुको आधिकारीक पुष्टी भने भएका छैनन। भिडियोमा आवाज मात्र सुन्न सकिन्छ ।

भिडियोमा पैसाको बारेमा विवाद भएको सुनिन्छ। आफ्नो खाताको ठूलो रकम खर्च गरिदिएकोमा महिलाको आपत्ति रहेको छ।

यस बीचमा लामिछानेलाई विगतमा कुटपिट भएको भन्दै विभिन्न फोटाहरु पनि सार्वजनिक भएका छन्।

अर्को तर्फ आफ्नो छोराको अन्तिमपटम मुख हेर्न बृद्द पिताले गरेको आग्रहलाई नकारिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। उनका पिताले आफुलाई छोरालाई अन्तिम मुख हेर्ने अवसर मिलाइदिन आग्रह गरेका थिए।

लामीछानेका बाबा आफ्नो छोरोको अनुहार हेर्न आउने भन्दै केहि दिन दाहासस्कार पछि सार्न गरिएको अनुरोध परिवारले नसुनेको बताइन्छ । बुबा आउन केहि दिन लाग्ने भए पनि आजै उनको दाहा सस्कार गरिएपछि सर्वत्र विरोध भएको छ । बाबाको अनुरोधलाई परिवारले अस्वीकार गरेको बताइएको छ । तर दाहसस्कार कार्यक्रममा भने बाबा आउन नसक्ने सुचना जारी गरिएको थियो । लामीछानेको शंकास्पद मृत्यूले नेपाली समुदायमा गहिरो चोट पुगेको छ ।

video from himalayan khabar

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *