सभापति देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षको निष्कर्ष

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको नेता शेखर कोइराला पक्षले निष्कर्ष निकालेको छ।

सभापति देउवाले महाधिवेशनपछि सबैको सल्लाहअनुसार अघि बढ्ने प्रतिवद्धता जनाए पनि कुनै पनि निर्णय लिनुअघि नेता कोइराला पक्षसँग परामर्श नगरेको उनीहरूको दाबी छ।

भ्रातृ संस्थाका नेतृत्व नियुक्त गर्दा सभापतिले एकलौटी ढंगले निर्णय लिएको भेलामा सहभागी सहमहामन्त्री जीवन परियारले बताए।

देउवाले नेविसंघ, तरूण दल, आदिवासी जनजाती र किसान संघमा अध्यक्ष नियुक्त गरेका थिए। केन्द्रीय सदस्य मनोनीत गर्दा पनि देउवाले आफूनिकटलाई मात्रै स्थान दिएका छन्।

सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग र कार्यसम्पादन तथा संसदीय समितिलगायत पनि गठन नगरेको कोइराला पक्षको भनाइ छ।

बैठकमा महामन्त्री गगन थापा पनि सहभागी छन्। कोइराला पक्षले महाधिवेशनमा आफ्नो टिमबाट पदाधिकारी र केन्द्रीय सदस्य उठेकाहरूसँग आज छलफल गरेको हो।

छलफलमा चन्द्र भण्डारी, बलबहादुर केसी, दीलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, गोविन्द पोखरेल, प्रतिमा गौतम, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायत उपस्थित छन्।

सभापति देउवालाई विधि र विधानअनुसार चल्न आग्रह गर्ने पनि कोइराला पक्षको भनाइ छ।

सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन् ।

 

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले आफूपक्षीय भेला राखेका हुन् ।

कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४ औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

जारी भेलामा संस्थापन र संस्थापनइतर समूहमा ६०/४० को भागबन्डा गर्नुपर्ने विषय उठाउने एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *