गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले संघका पूर्वअध्यक्ष शेष घले संस्था फुटाउने गतिविधिमा सकृय भएर लागेको आरोप लगाएका छन् ।
युरोपबाट संचालित एक अनलाइनलाई आइतवार दिएको अन्तरवार्तामा पन्तले संस्था फुटाउने गतिविधिमा लागेका पूर्वअध्यक्षको संस्थाभित्र आवश्यकता नरहेको बताए ।
पन्तले घले समूहलाई मूलधारमा ल्याउन उनीहरुकै समितिले बनाएको सहमतिको ड्राफ्टमा हस्ताक्षर गरेर पठाउदा पनि नमाने बताए । पन्तले पछिल्लो समयमा घलेको संस्थाप्रति दृष्टिकोण राम्रो नभएको बताए ।
पन्तले संस्थाका वर्तमान तीनै जना अध्यक्षहरुले मिलेर संस्थाको हितमा काम गर्न नसके ठूलो क्षति ब्यर्होनु पर्ने बताए ।
निवर्तमान अध्यक्ष पन्तले संस्थालाई विभाजनबाट जोगाउन अध्यक्षका तीनै जना उम्मेदवारलाई अध्यक्ष बनाउने र पदहरु थप्ने जस्ता अप्रिय निर्णय गर्नुपरेको बताउँदै संस्थाकोे हितमा काम नगरे र फेरि झगडा गरे ब्यक्तीगत रुपमा ठूलो क्षति ब्यर्होनु पर्ने तर्क गरे ।
अध्यक्षका उम्मेदवार सबै जनालाई अध्यक्ष बनाउँदा मात्र तत्कालका लागि संस्था विभाजनबाट जोगिने भएकाले उहाँहरुले इच्छा जाहेर गरेअनुसार पदीय जिम्मेवारी दिइएको पन्तको भनाई छ ।
‘संस्थामा पदका आंकाक्षी साथीहरु थेरै भए । संस्थाले पद लिनुस, विभाजन नगर्नुस भनेर मात्र पदीय जिम्मेवारी दिएको हो । कसैले लुकाउनु पर्दैन, अहिलेको समस्या अध्यक्षका उम्मेदवारहरुकै कारण आएको हो’, पन्तले भने
पन्तले पद प्राप्ति गर्नका लागि जे पनि गर्न तयार रहेछन भन्ने जनमानसमा परे पनि तत्कालका लागि यो निर्णयले संस्थाको गरिमा भने बचेको दावी गरे ।
‘यी पदका लोभी र आंकाक्षी हुन, पदका लागि जे पनि गर्दा रहेछन भन्ने जनमानसमा परेको छ’, उहाँले भन्नु भयो, ‘त्यसो भएको हुनाले असल र राम्रा काम गर्नु भएन भने संस्थालाई भन्दा उहाँहरुलाई नै बढी ड्यामेज गर्छ।’
साथै उहाँले झट्ट हेर्दा हिजोको विभाजित मनोविज्ञान, झगडालु स्वभावका साथीहरु एकै ठाउँमा भएकाले मिल्न सक्दैन कि भन्ने अनुमान सहजै लगाउन सकिने भए पनि आत्मालोचना गरेर अगाडि बढेमा र संस्थाको हित सोचेमा भने मिलेर काम गर्न सकिने बताउनु भयो ।
उनले वर्तमान नेतृत्वका चुनौती र अवसर दुवै रहेको बताए आलोचीत भएका साथीहरुले महसुस गर्दै गल्तीलाई सच्याएर जनमानस नकारात्मक छन भन्दै होसियारीका साथ काम गर्नुपर्ने उनको सुझाव थियो ।
त्यस्तै, सामाजीक काम गर्ने ब्यक्तिलाई अन्य धेरै क्षेत्र रहेको बताउँदै निवर्तमान अध्यक्ष पन्तले संस्थामा तल्लो तहदेखि काम गर्दै नेतृत्वमा सम्म पुगिसकेकाले अब संस्थामा सक्रिय भइरहनु पर्छ भन्ने नरहेको बताए ।
पन्तले नेतृत्व हस्तान्तरण गरिरहँदा कुनै किसिमको छुट्टै खाले अनुभुति नभएको पनि बताए । उनले एनआरएनए सामाजीक च्यारिटीको काम गर्ने संस्था भएको र नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने खाँचो औल्याए ।