शेष घलेले बोलाए बृहत भेला

गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्वअध्यक्षद्धय शेष घले र देवमान हिराचनले आफ्नो गुटको भेला बोलाएका छन् ।

घलेले आगामी मे १२ बिहिबारका दिन एक बृहत भेलाको आयोजना गर्न लागेका हुन् । गैरआवासीय नेपाली संघकी पूर्वसचिव जानकी गुरुङद्धारा हस्ताक्षरित पत्रमा संघका प्रमुख संरक्षक डा शेष घलेज्यूद्वारा आह्वान भई २०२२ मार्च २२ देखि २५ सम्म बिधिसम्मत रुपमा संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भई बिनोद कुँवरज्यूको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको जानकारी दिइएको छ ।

पत्रमा बिहिबार मे १२ को दिन नेपाल समय अपरान्ह ५ बजे सुरु हुने सो भेलालाई सम्वोधन गर्न निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले र निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देव मान हिराचनज्यूको उपस्थिति रहने उल्लेख छ ।

घलेले राष्ट्रपति विद्या भण्डारीद्धारा उद्धघाटन र प्रधानमन्त्री शेर बहादुर देउवाद्धारा समापन गरिएको संघको १० औं महाधिवेशनलाई चुनौती दिएर कुँवरको नेतृत्वमा रहेको एक समितिलाई मान्यता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *