शेखर समूहले लगायो १० जिल्लाका सभापतिको टुंगो, कहाँ को ?

काठमाडौँ – नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले जिल्ला अधिवेशन हुन बाँकी १६ मध्ये १० जिल्लामा जिल्ला सभापतिको उम्मेदवार टुंगो लगाएको छ । शुक्रबार कोइरालाको सचिवालयमा बसेको समूहको बैठकले १६ मध्ये १० जिल्लाको सभापतिका उम्मेदवार टुंगो लगाएको हो ।

१० जिल्लामध्ये ६ जिल्लमा शेखर समूहले आफ्नै उम्मेदवार खडा गरेको छ भने अछाम र बारामा भने अर्को समूहको उमेदवारलाई सहयोग गर्ने भएको छ ।


कोइराला समूहका एक केन्द्रीय सदस्यका अनुसार सप्तरीमा रामदेव शाह, सिराहामा रामसुन्दर चौधरी, धनुषामा दिनेश पर्सैला, सर्लाहीमा लक्ष्मण राय, बारामा रामानन्द यादव, मकवानपुरमा जयराम लामिछाने, बाँकेमा नारायण गौडेल, अछाममा भरत स्वाँर, सिन्धुपाल्चोकमा वंशलाल तामाङ र नवलपुरमा महेन्द्रध्वज जिसीलाई उम्मेदवार बनाएको छ ।

बाँकी जिल्लाको पनि छिट्टै उम्मेदवार टुंगो लगाउने कोइराला समूहको तयारी छ । चितवनमा भने नेता नै पिच्छेका उम्मेदवार हुने भएका छन् ।

हालसम्म चितवनमा शंशाक कोइरालालले उतम जोशी, रामचन्द्र पौडेलले सुर्यकान्त घिमिरे, शेखरले राजेश्वर खनाल र शेरबहादुर देउवाले मिलन बाबु श्रेष्ठलाई उम्मेदवार बनाउने आश्वासन दिएका छन् ।

सिन्धुली र कैलालीको उम्मेदवार तय गर्न कोइराला समूहले केन्द्रीय प्रतिनिधि खटाएर जिल्ला पठाएको छ । यस्तै रौतहट, पर्सा र महोतरी जिल्लामा पनि छिट्टै सभापतिको उम्मेदवार टुंगो लगाउने ती सदस्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *