शेखरसँगको परामर्शविना सभापति देउवाले गरे भ्रातृसंस्थामा मनोनयन

काठमाडौँ – नेपाली कांग्रेसमा शेखर कोइराला समूहको परामर्शविना नै सभापति शेरबहादुर देउवाले दुई भ्रातृसंस्थाको अध्यक्ष मनोनयन गरेपछि शेखर पक्षले असन्तुष्टि जनाएको छ ।

आज सभापति देउवाले किसान संघ अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई मनोनीत गरेका थिए । यस विषयमा शेखर पक्षसँग कुनै आवश्यक परामर्श र सरसल्लाह नगरेको शेखरको सचिवालयले जनाएको छ ।

 

यसअघि देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्ष मनोनयनमा एकलौटी गरेका थिए । उक्त मनोनयनका विरुद्ध शेखर समूहले असन्तुष्टि जनाएपछि देउवाले सरसल्लाहमै बाँकी भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको नेतृत्व मनोनयन गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *