शिक्षा र समाज सेवाका लागि जीवनाथ -भवनाथ स्मृति प्रतिष्ठान दर्ता

धादिड जिल्लाको नीलकण्ठ नगरपालिका वडानं १३ काभ्रेमा जन्मिएका शिक्षा सेवी जीवनाथ लँसाल र भवनाथ लम्सालको नाममा जीवनाथ -भवनाथ लम्साल स्मृति प्रतिष्ठान दर्ता गरिएको छ । शिक्षा , स्वास्थ्य तथा अन्य सामाजिक काम गर्ने उदेश्यले सस्था स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष डिल्ली लम्सालले बताएका छन । बुबाहरुको शिक्षा तथा सामाजिक क्षेत्रमा काम गर्ने सपनालाई पुरा गर्ने उदेश्यले सस्था स्थापना गरिएको बताए । संस्थाले विगत पाँच बर्षदेखि वितरण गर्दै आएको भवनाथ स्मृति छात्रबृत्ति पनि यसपालीबाट सस्थाको नामबाट वितरण गरिएको छ । नीलकण्ठ १३ स्थित मनरुपी माध्यमिक विधालयका चार जना  विधार्थीहरुलाई जनही ५ हजार दरले वितरण गरिदै आएको यो रकम र क्षेत्र पनि आगामी दिनमा बढाउने योजना रहेको छ ।


प्रतिष्ठानलाई समाज कल्याण परिषदमा दर्ता गरी अन्तर्राष्ट्रिय क्षेत्रबाठ समेत शिक्षा क्षेत्रमा काम गर्न सहयोग ल्याउनका लागि पहल शुरु गरिने बताइएको छ । आगामी दिनमा सस्थामा कसरी सहयोग गर्ने र त्यो रकमबाट कसरी प्रत्यक्ष रुपमा वास्तविक गरिबीको रेखामुनि रहेका तथा जेहेन्दार विधार्थीहरुका लागि छात्रबृत्ति फोकस गर्ने एक अवधारणा पत्र सावजनिक गरिने तयारी भईरहेको छ ।

जसमा सहयोग स्वरुप प्राप्त रकम कुन विधार्थीलाई वा कसलाई कति सहयोग पुगेको छ र त्यसको अवस्थामा कसरी सुधार आएको छ भन्ने सम्मका सुचकांकहरु अधावधिक गरिने छ ।

संस्थाले धादिड जिल्लाको अवाश्यकता र अवस्था हेरेर प्रतिष्ठानको नाममा एम्बुलेन्स सेवा समेत सन्चालनमा ल्याउने पन्च बर्षिय योजना रहेको सस्थाका अध्यक्ष लम्सालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *