व्यापार, व्यवसाय र एकाउण्टका लागि दुलालको अनुभव

अमेरिका, अमेरिकामा पछिल्लो समय प्रोफेसनल काममा नेपालीहरु थपिने क्रम क्रमश बढी रहेको छ । खासगरी डाक्टर ईन्जिनियर, आइटी, नर्स, सिपिए जस्ता कामहरुमा दिनानुदिन नेपालीहरु पनि थपिन थालेका छन । पहिलो पूस्ताका कम तर दोश्रो पुस्ताका नेपालीहरु फ्रोफेसनल काममा थपिनेहरु बढी रहेका हुन । जसमा पछिल्लो समय सामाजिक उत्तरदायित्व र व्यवसायिक मर्यादासंगै लिएर अगाडी बढेका व्यक्ति हुन दिनेश दुलाल । युनिभसिटी अफ मेरील्याण्डबाट एकाण्टीडमा ग्र्याजुएड भएपछि विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुमा काम गरी अनुभव संगालेका दुलाल यतिखेर टेक्सास राज्यमा आफ्नै अफिस स्थापना गरेर व्यवसाय शुरु गरेका छन ।

१२ बर्षको एकाउण्टेट अनुभव संगालेका दुलालले टेक्सासको अष्टिनमा विगत सन् २०१९ बाट क्रियटिभ ट्याक्स सर्भिस एलएलसि स्थापना गरी व्यवसाय संचालन गरेको बताए । उनले आफुले व्यवसायसंगै समाज सेवा पनि संगै अगाडी बढाउने बताएका छन । नेपालीहरुलाई धेरै कुरा थाहा नभएकोले पाउने सुविधाहरुबाट बन्चित नहोस भन्नाका लागि आफुले राज्यबाट पाउने सुविधा र ट्याक्स तिर्दा ध्यान दिनु पर्ने, व्यवसाय गर्दा कसरी हिसाब किताब दुरुस्त गर्नुपर्ने जस्ता विषयमा आवश्यक परामर्श पनि दिने बताएका छन । यस अघि नै उनले अन्र्तराष्ट्रियस्तरको चेन होटल शेराटन, पेण्डि बाल्टीमोरलगायतमा एकाउण्टिडमा अनुभब संगालेका छन । खासगरी अमेरिकामा रहेका नेपालीहरुले राज्यस्तरबाट व्यवसाय गर्नेका लागि होस वा काम गर्नेका लागि कस्तो सुविधा पाईन्छ भन्ने विषयमा धेरै जानकारी नपाएर थुप्रै अवसरहरु गुमाएको सन्र्दभमा अनुभवी र सोही विषयमा अध्ययन गरेका दुलाल जस्ता व्यक्तिहरुको आगमनले नेपालीहरुलाई सुविधा पुग्ने देखिन्छ । उनले फुर्सदको समयमा नेपालीहरुमाझ अमेरिकी सन्र्दभमा व्यवसाय गर्दा वा अन्य राज्यका सुविधाहरुबाट कसरी लाभान्वित हुने भन्ने विषयमा निशुल्क परामर्श दिदै आएका छन । दुलालको आगमनले नेपाली समुदाय लाभान्वित भएको टेक्सासमा व्यापार व्यवसाय तथा सामाजिक कार्य गर्दै आएका चलचित्र वरिष्ठ निर्देशक नारायण पुरीले बताए । सुद्ध व्यवासय गर्ने र सामाजिक सेवासहित व्यवसाय गर्नुमा फरक हुने रहेछ । त्यसैले सामाजिक भावनासहित व्यवसाय गर्ने भावना भएका दुलालबाट नेपाली सुमदायले लाभ लिन सक्ने पुरीले विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.