विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस

नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्‍न मुलुकमा पार्टीको विधान र नियमावली अनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको शुक्रबार बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्‍न मुलुकमा ‍समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो ।

बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्‍न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशनसमेत दिएको छ । पार्टीका केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईको अध्यक्षतामा भएको बैठकले संसद् विघटनको विरुद्धमा कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको देशव्यापी विरोधका कार्यक्रममा व्यापकरुपमा जनसहभागिता जुटाउने निर्णय गरेको छ ।

बैठकले कोभिड- १९ बाट प्रभावित भई देशभित्र र बाहिर मृत्यु भएका सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्‍जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले कोभिड- १९ का कारण रोजगारी गुमाएका नेपाली नागरिकलाई राहत तथा उद्धारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको विभागका सचिव महेश थपलियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *