– विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार, विदेशमा १ सय ३० र नेपालमा २२ जनाको निधन, – ४० वटा शव नेपाल लगियो

 

 कोरोना भाइरसको संक्रमणका कारण यो साता  विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको हो ।  यो सँगै  गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ ।  यो साता मृत्यु भएका तीनै जना कतारका हुन्  ।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्कनेदरल्याण्डअष्ट्रेलियामाल्टाजापानम्यानमार, पोल्याण्डरुसन्युजिल्याण्डक्यानाडाफिनल्याण्डआयरल्याण्डजर्मनीस्वीडेनफ्रान्बेल्जियमहंङ्गकङ्गदक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

 

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।  नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

 

हालसम्म बेलायतयुएईसाउदी अरबबहराइनकुवेतकतारआयरल्याण्डजापानटर्कीनेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिनुभयो।

 विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत  ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १  सय ८ जना नेपाली घर फर्किसकेका छन् ।

 

मलेसियाबाट १ सय १८युएई ३ सय १७ जनाकुवेतबाट  ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जनाअफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जनाम्यानमारबाट २६ जना र  अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

 

यस्तै बंगलादेशबाट २५८  जनाओमानबाट ३ सय १३ जनामाल्दिभ्सबाट ३ सय ५ जना,  कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना  नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४ जनाश्रीलंकाबाट ५ जनासाउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।

 

४० जना नेपालीको शव नेपाल लगियो

 

यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ ।  लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो । अहिलेसम्म कतारबाट २०मलेसियाबाट ११कुवेतबाट ६ओमानयूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ । यस बाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको छ ।  ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *