वसन्त खड्काको अर्को सागितीक कोसली निष्ठुरी

मनिसमा रुचि भएपछि जसरी पनि पुरा गर्छन भन्ने कुरा वसन्त खड्काले तय गरेको सांगितीक यात्राबाट प्रमाणित हुन्छ । उहाँ व्यवसायिक गायक होईन, तर पनि निरन्तर उहाँको गीत संगीतमा रहेको रुचिले आधा दर्जन बढी सागितिक कोसेलीले प्रमाणित गर्छकी उहाँको रुचिले आकार पायो । उहाँले आफ्नो रुचिलाई निरन्तरता दिएपछि आज उहाँ सागितिक क्षेत्रमा चिनिने नाम बन्न पुगेको छ । हुन त नेपाली सांगितिक क्षेत्रका धराहर अम्बर गुरुडको राजमार्ग नामक गीत गाई सकेका उहाँलाई कसले पो नचिन्ला र । नेपाली संगीतका पारखीहरु प्रेमध्वज प्रधान, चेतन कार्कीलगायत धुरन्धरहरुको संगतले पनि खड्का
किन चुप बस्न सक्नु हुन्थ्यो र । त्यसैले होला प्रवासमा सामाजिक छवी बनाएका खड्का फुर्सदमा गुनगुनाउन रुचाउनु हुन्छ । मनको बह पोख्ने र फुर्सदलाई सदुपयोग गर्दा गर्दै खड्काका रचनाहरु एक पछि अर्को गर्दै बजारमा आई रहेका छन ।
त्यसैको निरन्तरता स्वरुप गीत संगीतमा गहिरो रुचि भएका सामजसेवी वसन्त खड्काले आफ्नो सांगितिक कोसेली बजारमा ल्याएका छन । निष्ठुरी नाम रहेको म्यूजिक भिडियो कन्चन म्यूजिक ईन्टरटेन्टले बजारमा ल्याएको हो । सो म्यूजिकमा रहेको शब्द भने वरिष्ठ समासेवी, व्यवसायी तथा बैकर्स माधव ढकालको रहको छ । यहि मे ३१ मा सार्वजनिक भएको म्यूजिक भिडियोमा माया प्रेमका कहानीलाई समावेस गरिएको छ । म्यूजिक भिडियोमा यूट्यूवमा हेर्न सकिन्छ । यस अघि पनि खड्काका सागितिक कोसेलीहरु मृगतृष्णा (गजल), गगनको बीच, बदलिदेउ तिमी र वेष्ट अफ वसन्त खड्का भाग १ र २ लगायत म्यूजिक कोसेलीहरु बजारमा आई सकेका छन । म्यूजिक भिडियो सुन्न र हेर्नका तरको लिंकमा क्लिक गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published.