लहडको आन्दोलनबाट अस्ताए दुई यूवा, के आन्दोलन जायज थियो वा सरकारले माग पुरा गर्न सक्थ्यो ? विस्तृतमा

 

 

काठमाडौँ — रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियाले १६ वटा देशमा एउटै भाषा परीक्षा प्रणाली बमोजिम कामदार भर्ना गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अर्काको देशमा रोजगारका लागि लैजान उसले बनाएको मापदण्ड मान्दिन भन्दै गरिएको प्रदर्शनीमा बल प्रयोग हुँदा दुई युवा मारिए ।

‘कोरियाले १६ वटा श्रोत देशबाट भाषा परीक्षामा छनोट गरी कामदार भर्ना गर्दै आएको छ । नेपालको लागि मात्रै अलग तरिकाले त्यो परिक्षा गर्न संभव छैन , श्रम मन्त्रालयको रोजगार ब्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलले भने,‘नेपालले भाषा परीक्षाको लागि सहजीकरण गर्ने मात्रै हो ।’ त्यासो हुँदा आज दुखद घटना हुन पुग्यो ।
कोरियाले एउटा क्षेत्र रोजेर भाषा परीक्षामा सहभागी भएकालाई एक वर्षभित्रै अर्को भाषा परीक्षामा सहभागी नगराउने नीति छ । जहाज निर्माणको क्षेत्र रोजेर भाषा परीक्षा दिएकाहरुलाई उत्पादन क्षेत्रको लागि खुलाइएको भाषा परीक्षामा सहभागी गराउने उनिहरुको नीति छैन, तर विडम्बना त्यहि नीति फेर्न पर्ने नाजायज माग राखेर भएको आन्दोलनले दुई यूवाले ज्यान गुमाए । जे कुरा पनि लहडमा हुन्छ र क्षति भएपछि पछुताउनु बाहेक के नै हुन्छ र ।
आन्दोलनकारीहरुले आफूहरुलाई पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा सहभागी गराउनुपर्ने भन्दै शुक्रबर वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली शाखा ९इपीएस०को कार्यालयमा प्रर्दशन गरे । आक्रोशित प्रर्दशनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ को गाडीमा आगजनी गरेका हुन् । गाडी जलेर नष्ट भएको छ । काठमाडौंको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु समेत भएको छ ।
इपिएस शाखाका निर्देशक गुरुदत्त सुवेदीले साउनमा जहाज निर्माणको लागि ३२ हजार जनाले भाषा परीक्षामा सहभागी भएको बताए । त्यसमध्ये शुक्रबार ३९ सय ८९ जना मात्रै उतिर्ण भएका थिए ।

‘कोरियाको मानव संशाधन विभागको नीतिअनुसार उत्पादन क्षेत्रमा काम गर्न इच्छुकको लागि पुस २ गते देखि ६ गतेसम्मको लागि भाषा परीक्षा खुलाइएको थियो । त्यसमा साउनमा जहाज निर्माण क्षेत्र रोज्ने ३२ हजार जनाले उत्पादन क्षेत्रको परीक्षामा सहभागी गराउन सकिएन’, उनले भने,‘यो प्रावधानबारे पहिला नै परीक्षार्थीलाई थाहा थियो ।’

जहाज निर्माण क्षेत्र रोजेर उत्पादन क्षेत्रमा भाषा परीक्षाको फाराम भर्न पाउँ भन्दै गत मंसिर १९ देखि नै इपिएस शाखामा नियमित धर्ना दिँदै आएका थिए । उनीहरु मध्ये १८ जना उच्च अदालत, पाटनमा परीक्षामा सहभागी पाउँ भन्दै रिट निवेदन दिएका थिए । रिट निवेदन दिएका निवेदकहरुलाई मात्रै उत्पादन क्षेत्रका भाषा परीक्षामा सहभागी गराउनको लागि उच्च अदालतले पुस ५ गते अन्तरीम आदेश दिएको थियो । त्यो आदेश अनुसार इपिएसले १८ जना निवेदकलाई परीक्षाको फाराम भर्नको लागि शुक्रबार कार्यालयमा बोलाएको थियो ।

‘अदालतामा रिट दिने निवेदक बाहेक पनि भाषा परीक्षामा सहभागी गराउनु भन्दै भेला भए । अदालतले निवेदकलाई मात्रै किटान गरेकोले अरुलाई सकिने अवस्था भएन’, निर्देशक सुवेदीले भने । उत्पादन क्षेत्रको भाषा परीक्षामा एकलाख ४३ हजार ८ सय १२ जनाले फाराम भरेका छन् । उनीहरुलाई फागुन पहिलो साताबाट दैनिक ८ सय जनालाई परीक्षामा सहभागी गराइनेछ ।

यसअघि कोरियाले उत्पादन र कृषि क्षेत्रमा मात्रै नेपाली कामदारलाई लैजाने गरेको थियो । त्यसबेला पनि भाषा परीक्षाको फाराम बुझाउने बेला नै उत्पादन र कृषि क्षेत्रमध्ये एक रोज्नुपर्दथ्यो । अब कोरियाले उत्पादन, कृषिसँगै जहाज निर्माण, सेवा र निर्माण क्षेत्रमा पनि नेपालीलाई लैजान लागेको हो । त्यसमध्ये जहाज निर्माणको क्षेत्र भने परिक्षा नै भइसकेको छ । मान्छे मारिनु हुन्न तर आन्दोलन गर्नेहरुले पनि केका लागि आन्दोलन भईरहेको छ र त्यो माग कत्तिको जायज छ भन्ने विषयामा पनि त ध्यान दिनु पर्दछ । सबै कुरा आन्दोलनबाट मात्रै प्राप्ति हुन्छ भन्ने सोचका कारण अनाहकमा युवाको ज्यान गयो । नेपाल सरकारले पुरा गर्ने नसक्ने मागमा आन्दोलन भयो जुन कति जायज हो ? हुनै नहुने घटना भयो तर केका लागि आन्दोलन भएको थियो र त्यो माग कत्तिको जायज सरकारले पुरा गर्न सक्कने थियो वा थिएन , सामाजिक सन्जालमा हौवा फिजाउनु पुर्व सबैले संयमित हुन पनि जरुरी छ की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *