निजीवन बीमा कम्पनी सिद्धार्थ इन्स्यारेरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनलर इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनीहरुले १ सय भन्दा बढि कर्मचारीलाई कोरोना भाईसरको मौका छोपी निस्काशन गरेको खुलेको छ ।
निजीवन बीमा कम्पनी मात्रै होइन नयाँ र पूराना जीवन बीमा कम्पनीहरुले पनि यहि महामारीकै मौका छोपी सयौं साना कर्मचारीहरुको रोजीरोटी बन्द गरेको समाचार प्राप्त भएको छ । आगामी असार मसान्त २०७७ सम्मका नियुक्त भएका सयौ कर्मचारीलाई निस्काशन गर्ने जीवन बीमा कम्पनी, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी माडवाडी समुदायको एकलौटी लगानीको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी आफूलाई अब्बल भन्दै आएको रिलाइन्स लाईफ इन्स्योरेन्स कम्म्पनीले यस्तो विषम र विपतको घडीमा सयौ कर्मचारीलाई निस्काशन गरेको खुलेको छ ।
केही दिन अगाडी बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले सबै सीइओहरुलाई बोलाएर खर्च घटाउन र कर्पोरेट सुशासनलाई उच्च र मर्यादित राख्ने मौखिक निर्देशन दिए संगै जीवन बीमा कम्पनी र निजीवन बीमा कम्पनीहरुले साना करारमा नियुक्ति गरिएका कर्मचारी भटाभट हटाउने र प्रचार प्रसारका लागि राखिएको खर्च घटाउदै आएको देखिन्छ । हो पीडा सबै ३ करोड नेपालीहरुलाई नै छ । तर, यो बेला हुनेले नहुनेलाई दिने बेला चाहि पक्कै हो ।
यस्तो बेला कर्मचारी हटाउने, राज्यको कोरोना कोषमा आफ्नो महंगो तलब भत्ताबाट १ पैसा पनि नदिने आफै मात्रै बाँचौ भन्ने सीइओ साबहरुलाई चाहि के भनु हुन्छ भनी पंक्तिकारले गरेको प्रश्नमा बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईले भनेः– यस्तो कठिन र अप्ठ्यारो बेला १ जना कर्मचारीले पनि रोजगारी गुमाउनु हुँदैन भन्ने हाम्रो कुरा हो । मैले पनि सुने केही कम्पनीहरुले कर्मचारीलाई हटाएको भन्ने यो राम्रो पक्ष पक्कै होइन । हामीले खर्च घटाउन निर्देशन दिएका हौं । कर्मचारी हटाउन होइन । उनीले थपे यो बेला सबैलाई गाह्रो र पीडा पक्कै छ । तर, मौका छोपी कर्मचारी हटाउन पाइदैन । करार सकिएको रिनो नहोला तर, समय रहेकालाई हटाउन पाइदैन । सहि कुरा के हो यसबारे हामीले यथार्थ बुझी मौखिक वा लिखित निर्देशन नै जारी गर्नु पर्ने भए पनि गर्ने छौं । एक अर्को प्रश्नमा अध्यक्ष चापागाईले भनेः– कर्मचारी कम्पनीको औजार हुन् । उनीहरुको मनोबल उच्च बनाउँदै यस्तो बेला थप सुविधा दिनुको साटो रोजी रोटी नै खोस्नु चाहि गलत हो । यो तत्कालै बन्द गरिनु पर्दछ ।
नेपालका दर्जनौ निजीवन बीमा कम्पनीहरुले आफ्ना करारका र घर गाउँपुगेका लकडाउनका कारण काममा नआएका कर्मचारीहरुलाई स्पष्टिकरण सोधी कारवाही गर्ने चेतावनी दिएको समेत खुलेको छ ।