रैथाने ज्ञान योजनाकारहरूलाई किन काउसो लागे झैं भयो?

 

काठमाडौंमा ‘हराएको टुकुचा भेटिएको’ भन्ने उदेक लाग्दो समाचारले ३० भदौ (२०७९) देखि झ्याली पिट्यो। हराएको कुरा खोजेर भेटिएको अर्थात् ‘डिस्कभरी’ नै भएजस्तो गरी प्रचारप्रसार गर्ने पारा र सर्वसाधारणमा देखिएको उत्साहलाई झट्ट हेर्दा हाम्रा सञ्चारमाध्यम मात्रै नभएर सबै क्षेत्र सम्पदाका मामिलामा निकै सचेत रअत्यन्तै जागरुक देखिए तर वास्तविकता यस्तो छैन। बरु यसले हामी प्राकृतिक तथा सांस्कृतिक सम्पदाका मामिलामा सामान्य ज्ञान पनि नराख्ने र उदासीन रहने गर्दा रहेछौं भन्ने जनाउँछ। काठमाडौं महानगरपालिकालाई पनि टुकुचाको बारेमा भर्खरै मात्र थाहा भएको कुरा होइन। अतिक्रमित ठाउँका संरचना हटाउन विगतका दिनमा पटक पटक सूचना जारी गर्ने तथा पुनर्निर्माणका लागि बजेट नै छुट्याउने काम नभएको होइन तर नसकेको मात्रै हो। यसअनुसार ‘हराएको टुकुचा भेटिएको’ होइन। बरु हराउँदै नहराएको कुरा भेटियो भनेर होमा हो मिलाएर रमाएको चाहिँ हो।

सदियौंदेखि बग्दै आएर बागमतीमा विलय हुने यो एउटा सानो नदी हो। बागमती विष्णुमतीलगायतका नदीजस्तै यसको उद्गमस्थल पनि काठमाडौं उपत्यकामै छ र अरू नदीहरू जस्तै यो पनि बागमतीमै मिसिन्छ। साढे ६ किलोमिटर लामो टुकुचाको केही भाग छोप्ने, यसको किनाराहरू अतिक्रमण गरी साँघुर्‍याउने र कतिपय ठाउँमा खुल्ला तर उपेक्षित अवस्थामा छाडिएको छ। छोपिएको र अतिक्रमण भएको ठाउँमाथि ठूलाठूला भवनहरू पनि बनेका छन्। यसरी नै केही ठाउँमा किनारामाथि कब्जा जमाएर घर वा घरको पर्खाल उठाएको देख्न पनि पाइन्छ अर्थात् टुकुचा हराएको नभएर अतिक्रमित भएको मात्रै हो। हराएको हुनलाई यसबारे अत्तोपत्तो नहुनु वा सुकेको हुनुपर्दथ्यो। यसको अस्तित्व र अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै संरक्षणको माग गर्नेहरूको आवाज बुलन्द नै छ। नदी तथा खोल्साहरू सार्वजनिक हुन्छन् र नापीमा यो खुलाउनुपर्ने हुन्छ। २०२२ सालसम्मको नापीमा यो नदी देखिन्थ्यो पनि तर २०३३ सालको नापीमा भने नदी भनेर जनाइएन। सरकारी कागजमा मात्रै हराउनु र त्यसमाथि कित्ताकाट गरेर बेचबिखन गर्नु राज्यकै बदमासी हो।

 


 

टुकुचा एउटाको सम्बन्धमा मात्रै यति धेरै झ्याली पिटिनु अर्को उदेकलाग्दो विषय हो। निश्चय नै यो एउटा प्राकृतिक सम्पदा हो। साथै नदी किनारमा धार्मिक तथा सांस्कृतिक जीवनले ठाउँ पाउने हुँदा सोही अनुसारका मूर्त तथा अमूर्त सम्पदा पनि निर्माण भएका हुन्छन्। काठमाडौं उपत्यकामा टुकुचा एउटा सानो अंश मात्रै हो, योभन्दा ठूलाठूला सम्पदाहरू पनि अतिक्रमित छन्। अरु त अरु बागमती र विष्णुमतीको मात्रै अध्ययन गर्दा पनि यस्ता धेरै तथ्यहरू निस्कन्छन् र ती तथ्यहरूको अगाडि टुकुचाको अतिक्रमण सामान्य लाग्ने हुन्छ।

काठमाडौं उपत्यकाको समस्या एउटा टुकुचा मात्रै होइन। टुकुचाको समस्या समाधान हुँदैमा काठमाडौंको वैभव फर्किहाल्ने पनि होइन। यहाँको मुख्य समस्या भौतिकभन्दा मानसिक हो। नदीमा पानी बग्नु नै ठूलो कुरा होइन, ठूलो कुरा त प्राकृतिक रूपमै सफा र स्वच्छ पानी निरन्तर बग्नु हो। केही दशक अघिसम्म टुकुचाको पानी पिउन योग्य थियो। टुकुचाको पानी खाएर हुर्केको पुस्ता अझै जिउँदै छन्। एक समय पिउन योग्य पानी बग्ने काठमाडौंका नदीहरू कसरी एकाएक फोहर हुनपुगे भन्ने कुरा चिन्तनको मुख्य विषय हुनु पर्दछ। किनभने काठमाडौंको मुख्य समस्या यही हो।

गौतम बुद्ध (इ.पू. ५६३–४८३) को समयतिरै वर्तमान भारतका विभिन्न ठाउँबाट काठमाडौं उपत्यकामा व्यापार गर्न व्यापारीहरू हुलका हुल आउने गरेको र तिनै व्यापारीको साथ लागेर बुद्धका निजी सचिव भिक्षु आनन्द काठमाडौं उपत्यकामा आएको वर्णन बौद्ध साहित्यको एउटा ग्रन्थ ‘मूलसर्वास्तीवादविनयसंग्रह’ मा उल्लेख छ। त्यस प्रकारको वस्ती विकास आजको भोलि नै हुँदैन। यति लामो इतिहास रहेको सभ्यताले जोगाउँदै ल्याएका प्राकृतिक सम्पदाहरू सय वर्षअघिसम्म यथावत नै थियो। करिब सय वर्षभन्दा कम समयमा यी कुराहरू एकाएक ध्वस्त हुनपुग्नु भनेको यहाँको नगर सभ्यतालाई आत्मसात गर्न नसक्नु हो।

शहरी क्षेत्रको विकाससँगै बागमती विष्णुमतीलगायतका सबै ठूलासाना नदीहरू फोहर भएको तर्क वा जिकिर तथ्यसङ्गत छैन। इतिहाससम्मत पनि छैन। काठमाडौंमा शहरी संरचना कुनै नयाँ कुरा होइन पनि। भलै प्रारम्भमा ग्रामीण संरचना थियो होला तर प्राप्त ऐतिहासिक विवरण केलाउँदा यहाँ आजभन्दा तीन हजार वर्ष पहिले नै नगरसभ्यताको विकास भएको पाइन्छ। गौतम बुद्ध (इ.पू. ५६३–४८३) को समयतिरै वर्तमान भारतका विभिन्न ठाउँबाट काठमाडौं उपत्यकामा व्यापार गर्न व्यापारीहरू हुलका हुल आउने गरेको र तिनै व्यापारीको साथ लागेर बुद्धका निजी सचिव भिक्षु आनन्द काठमाडौं उपत्यकामा आएको वर्णन बौद्ध साहित्यको एउटा ग्रन्थ ‘मूलसर्वास्तीवादविनयसंग्रह’ मा उल्लेख छ। त्यस प्रकारको वस्ती विकास आजको भोलि नै हुँदैन। यति लामो इतिहास रहेको सभ्यताले जोगाउँदै ल्याएका प्राकृतिक सम्पदाहरू सय वर्षअघिसम्म यथावत नै थियो। करिब सय वर्षभन्दा कम समयमा यी कुराहरू एकाएक ध्वस्त हुनपुग्नु भनेको यहाँको नगर सभ्यतालाई आत्मसात गर्न नसक्नु हो। हिजोआजका शहरी योजनाकारहरू यहाँको मौलिकताबारे जानकारी राख्दैनन् वा उदासीन रहन्छन्। यसको परिणाम काठमाडौंको शहरी वातावरण ध्वस्त हुनपुग्यो। रैथाने ज्ञान यी योजनाकारहरूलाई काउसो लागे झैं भयो। विकल्पमा अवलम्बन गरिने ज्ञान सान्दर्भिक नहुँदो रहेछ। विदेशमा गएर सिक्नु भनेको स्वदेशको रैथाने ज्ञानलाई उपेक्षा गर्नु हो झैं भएको छ। अनि उनीहरूले सिकेर आए पनि जाँचमा चीट चोरेर पास भएकाहरूको स्तरभन्दामाथि छैन। अथवा पाठ घोकेर कण्ठ पारेर जाँचमा पास भए पनि उसको ज्ञान एकोहोरो हुन्छ र सिर्जनशील हुँदैन। यस्तो नहुँदो हो त काठमाडौंको वातावरण केही दशकभित्रै यति धेरै ध्वस्त पक्कै हुँदैथ्यो।

काठमाडौं उपत्यकामा भाषा, साहित्य संस्कृतिलगायत हरेक कुराको विकास र विस्तारको चरित्र सांस्कृतिक सम्मिश्रणमा आधारित छ। यस उपत्यकाको प्राग्ऐतिहासिक संस्कार र संस्कृति आजपर्यन्त जीवित छ। यसबीचमा अनेकौं आगन्तुकहरूले पनि आआफ्ना सभ्यता साथमा ल्याएका छन्। यहीं घुलमिल भएर आफूले ल्याएको ज्ञानले पनि सभ्यतालाई सिञ्चित गरे। यसरी विकास भएको सम्पूर्ण कुरा नेवार सभ्यता हो र यसैलाई बागमती सभ्यताको नाम दिने गरिन्छ। आजभोलि जातीय समुदायको रूपमा नेवारलाई चिन्ने र चिनाउने गरेको जंगबहादुर राणाद्वारा जारी गरिएको मुलुकी ऐनपछि मात्रै हो। वास्तवमा यो जातीय समुदाय नभएर एउटा राष्ट्रको रूपमा छ। यसभित्र एउटै नश्ल छैन। आर्यन, मंगोल, द्राविडियन जुनसुकै नश्लका भए  पनि आफ्नो पूर्व पहिचानलाई जोगाएरै नेवार सभ्यतामा समाहित भई नेवार समुदायको रूपमा बसेका छन्। सोहीअनुसार कला, साहित्य, संस्कृति, खानपान, रहनसहन आदिको विकास हुन पुगेको हो। काठमाडौं उपत्यकाको इतिहासमा एउटा लयको अस्तित्व पहिल्यैदेखि थियो र त्यसमा लयवद्ध हुनासाथ ती जम्मैले यहाँको रैथानेपन बोक्दथे। यही रैथानेपन नै वास्तवमा नेवार सभ्यता हो। नेवार सभ्यताको यो प्रवाह अहिले निरन्तर छ तर त्यो कमजोर बनेको छ।

नेवारको पहिचान बोकेकाहरू अहिले आफ्नै थातथलोमा प्राय: अल्पमतमा परेको अवस्था छ। नीति निर्माण तहमा नेवारको अर्थपूर्ण सहभागिता नहुँदा प्रतिकूल असर परेको छ। भाषा प्राथमिकतामा पर्दैन। कला र संस्कृति पनि हात्तीको देखाउने दाँतजस्तै भइरहेको छ। सदियौंदेखिको भौतिक तथा अभौतिक विकास पनि अवरुद्ध छ। राज्यबाटै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको सांगठनिक स्वरूपको गुठी व्यवस्थामाथि निरन्तर प्रहार जारी छ। गुठी व्यवस्थामा खलल पुर्‍याउने काम राज्यबाटै हुनु धेरै सम्वेदनशील कुरा हो। यी गुठीहरू प्रत्यक्ष रूपमा अर्थसँग सम्बन्धित भए पनि यसले धेरै मात्रामा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दछ। सरोकारवालाहरूसँग कुनै सरोकार नै नराखी गुठीको मूल मर्मलाई नै आघात पार्ने गरी गुठीसम्बन्धी नयाँ विधेयक ल्याउन लाग्दा हालै काठमाडौंमा एक प्रकारको विद्रोह नै भयो। राज्यसत्ता नै हच्किन पुग्यो र फिर्ता लिन बाध्य भयो। प्रस्तावित विधेयक फिर्ता लिए पनि कुनै समय यसैलाई पुन: अगाडि बढाउने मनसाय देखिन्छ। गुठीलाई व्यवस्थित गर्ने थप उपाय हुनसक्छ तर सरोकारवाला समुदाय नेवारसँग सरोकार राखेरभन्दा आफ्नै हैहुकुम लाद्न राज्य अझै उद्यत् देखिन्छ। गुठी सम्बन्धी यो विद्रोहलाई कतिपयले बुझ्न नसक्नु नेवार सभ्यताबारे पूर्णत: अनभिज्ञ हुनु हो।

नेवारलाई जातीय समुदायको रूपमा बुझ्नु पनि यहाँको सभ्यतालाई नबुझ्नु र नेवार सभ्यतामा प्रवाहित हुन इन्कार गरी छुट्टै बस्नु हो। व्यापार व्यवसाय तथा आम्दानीका अन्य श्रोतहरूमा पहुँच बढाइ सम्पत्ति जोड्ने तथा ती व्यक्तिगत सम्पत्तिलाई सार्वजनिक सम्पत्तिमा रूपान्तरण गरेकै भरमा ठूला–साना मठमन्दिर, विहार तथा पाटीपौवा, बाटोघाटो तथा अनेकौं सम्पदाहरूको निर्माण संभव भएका हुन्। यी सम्पदाको पछाडि गुठी र गुठीअन्तर्गत जग्गाजमिन हुन्छन्। यसरी सार्वजनिक गरिएका सम्पत्तिमाथि आँखा गाड्नुलाई अकर्मण्य मानिन्थ्यो। आजभोलि भने गुठीअन्तर्गतका जग्गाजमिनमा मात्रै होइन, मठमन्दिर, पाटीपौवा, मसान क्षेत्रमासमेत आँखा गाड्ने र अतिक्रमण गरी निजी सम्पत्ति बनाउने प्रवृत्ति विकास भएको छ।

टुकुचा मात्रै होइन, अन्य नदीकिनारमा पनि अतिक्रमण गरी घर बनाउने गरिएको छ। बग्दै गरेको टुकुचालाई सुरुङभित्र पारेर त्यसमाथि छोपिएको जमिन २०२२ सालसम्मको नापीमा नदी नै देखाए पनि २०३३ सालपछिको नापीमा छुपाएर कित्ताकाट गर्नेसम्मको काम हुनु भनेको यहाँ भौतिक समस्या नभएर मानसिक समस्याले गाँजेको भन्नु पर्दछ।

टुकुचाको कतिपय क्षेत्र तीर्थस्थलको रूपमा पनि रहेका छन्। नदी किनारलाई तीर्थस्थल बनाउने त यहाँको संस्कार र संस्कृति नै भयो। सफा पानी नबग्ने भए तीर्थस्थल हुँदैनथ्यो। खानेपानीको श्रोतकै रूपमा रहेको टुकुचा कालान्तरमा घरघरको फोहर पानी मिसाउने थलो भयो। पछिल्लो नेपाली समाजमा टुकुचा फोहर पानीको पर्याय नै बन्यो। रमाइलो कुरा त के हो भने पछिल्लो समयमा आएर यो नदी होइन, ढल मात्रै हो भन्न पनि भ्याए।

प्रचलित नेवार भाषामा नदीलाई खु वा खुसि भनिन्छ। खु मात्रै पनि भनिन्छ। टुकुचाको मौलिक नाम ‘तुखु’ हो। नेवार बोलीमा ‘ट’ वर्णको अभाव भएका कारण ‘टु’ को कुनै अर्थ नलाग्ने र ‘तु’लाई गैरनेवार समाजले ‘टु’ बनाएको बुझ्न गाह्रो छैन। ‘तु’ शब्दले उखुको अर्थ दिन्छ वा अन्य कुनै मूल शब्द अपभ्रंश भएको हो। नदी अर्थ दिने ‘खु’ शब्दलाई गैरनेवार बोलीमा ‘कु’ बन्नपुग्यो। सानो अर्थबोध गर्न प्राय: ‘चा’ शब्द जोड्ने गरिन्छ। अर्थात् ‘तुखुचा’ नै ‘टुकुचा’ बनेको हो।

 

टुकुचाको अर्थ लाग्दैन। टुकुचाको अर्को नाम इक्षुमति हो। यसको मौलिक नाममा ध्यान दिँदा धेरै अर्थ खुल्ने हुन्छ। काठमाडौंका नदीहरूको मौलिक नाममा प्राय: ‘खु’ र ‘खुसि’ शब्द जोडिएको हुन्छ। उदाहरणका लागि, न्यखु (नख्खु), बल्खु, लखु, चल्खु, लुँखुसि, हिजाखुसि सामाखुसी आदि। प्रचलित नेवार भाषामा नदीलाई खु वा खुसि भनिन्छ। खु मात्रै पनि भनिन्छ। टुकुचाको मौलिक नाम ‘तुखु’ हो। नेवार बोलीमा ‘ट’ वर्णको अभाव भएका कारण ‘टु’ को कुनै अर्थ नलाग्ने र ‘तु’लाई गैरनेवार समाजले ‘टु’ बनाएको बुझ्न गाह्रो छैन। ‘तु’ शब्दले उखुको अर्थ दिन्छ वा अन्य कुनै मूल शब्द अपभ्रंश भएको हो। नदी अर्थ दिने ‘खु’ शब्दलाई गैरनेवार बोलीमा ‘कु’ बन्नपुग्यो। सानो अर्थबोध गर्न प्राय: ‘चा’ शब्द जोड्ने गरिन्छ। अर्थात् ‘तुखुचा’ नै ‘टुकुचा’ बनेको हो।

अब प्रश्न उठ्छ, टुकुचा भनेको ढल नै हो भने यसले टुकुचा (तुखुचा) नाम कसरी पायो ?  ढल हुँदो हो, तीर्थस्थल किन बनाइन्थ्यो ? नदी भएकै कारण यो तीर्थस्थल पनि भएको हो। ढल हुँदो हो त खानेपानीको श्रोत कसरी हुन्थ्यो ? यस अवस्थामा ढल भनिहाल्न र अनेक तर्क गरिरहन कसरी सकेको होला ? सभ्यताको विध्वंशको क्रममा टुकुचा मात्रै होइन, बागमती र विष्णुमतीजस्ता नदीमा पनि घरघरको फोहर पानी बग्न थालेको छ, गन्हाउँछ पनि। अतिक्रमण हुन पनि थालेको छ। यसको उपचार भनेको नदीको संरक्षण हो, ढल भन्दै यसलाई मास्ने होइन। स्राेत : -आइएनएस-स्वतन्त्र समाचार

Leave a Reply

Your email address will not be published.