रियल्टर नवराज केसीलाई ५ हजार डलरसहितको ‘स्पीरिट’ अवार्ड

न्युयोर्कका चर्चित नेपाली रियल्टर नवराज केसीले ५ हजार डलरसहितको स्पीरिट अवार्ड प्राप्त गरेका छन् । न्युयोर्कको लङ आइल्याण्ड बोर्ड अफ रियल्टर्सले एक समारोहका बीच केसीलाई यो अवार्ड प्रदान गरेको हो ।

३१ हजार रियल्टरहरुमध्येबाट एकजना छानेर प्रदान गरिने यो अवार्ड प्राप्त गर्दा आफूलाई गौरवको महसुस भएको केसीले बताएका छन् । आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेखनीय सदस्यहरूलाई सम्मानित गर्न र मान्यता दिनका लागि यो अवार्ड प्रदान गरिन्छ ।

यो अवार्ड सन् २००६ देखि प्रदान गरिदै आएको छ । यो अवार्डमार्फत विजेताले सामुदायिक कारणका लागि ५ हजार डलरका साथमा बार्षिक समारोहमा उपस्थीत हुनका लागि दुईवटा टिकट समेत प्राप्त गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *