रास्वपाका केन्द्रीय सदस्य मोहन लाइसेन्स किर्ते धन्दामा अमेरिकामा दोषी ठहरिएका व्यक्ति, जेल परेका उनीविरुद्ध ५० बढी मुद्दा, ६ वटा अझै सक्रिय

काठमाडौँ : फागुन १ गते राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा १६ जना मनोनीत गर्दा २४ वर्ष अमेरिकामा बसेका मोहन थापा समेत मनोनीत भए। नेपालमा म्याग्दीका उनी अमेरिकामा भने बाल्टिमोरमा बस्दै आएका थिए। लामो समयदेखि पार्टीका लागि काम गरेका भनिएका उनको पृष्ठभूमि भने पुरै आपराधिक छ। उनी विरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको मात्रै हैन अधिकांश मुद्दामा दोषी ठहर भएका छन्। उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन्। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा उनैलाई पार्टीको केन्द्रीय समितिले सर्वसम्मत रूपमा केन्द्रीय सदस्य बनाएको हो।

धेरै पढिएको पुष्पालाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा जेल पुगे सुधन,…. काठमाडौँमा बालेनबाट तर्सिएको कांग्रेस-एमालेको नजर अब सायमीतिर, आश गुठीको…. मुक्तिनाथ पुगेका बलात्कार आरोपीत पाण्डेलाई २४ घण्टा पच्छ्याउँदा स्वयम्भूमा…. अमेरिकामा उनी विरुद्ध सन् १९९९ देखि २०२२ सम्म ५० बढी मुद्दा चलेका तथ्य सार्वजनिक रेकर्डमै देखिन्छ। तीमध्ये अझैँ ६ वटा मुद्दा चलिरहेकै छ। उनी विरुद्धको सबैभन्दा गम्भीर मुद्दा हो नक्कली सवारी चालक लाइसेन्स र परिचय पत्र बनाएको। उनी यो केसमा पक्राउ परेर सन् २००२ अक्टोबरमा पक्राउ परेर जेल पठाइएको थियो। उनी विरुद्धको अभियोगमा नेपाल ठेगाना भई हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका भनेर उल्लेख छ। परिचय पत्र र सवारी लाइसेन्सका लागि आवेदन दिनेहरूको भाषा सहयोगीको रूपमा काम गर्दा उनले मेरिल्यान्ड एमभिए परिचय पत्र र सवारी लाइसेन्स नक्कली बनाएर ३ देखि पाँच सय जनालाई दिएको अभियोग लागेको थियो। अभियोग पत्रमा उल्लेख भए अनुसार सन् २००१ को सेप्टेबरदेखि २००२ को सेप्टेम्बरसम्म उनले मेरिल्यान्ड मोटर भेइकल एड्मिनिस्ट्रेसनका कर्मचारी मेलरी एल चिसमसँग मिलेर नक्कली कार्ड र नक्कली लाइसेन्स बनाएका थिए। लाइसेन्सका लागि आवेदन दिएकाहरूले बुझाएको प्रमाण हेरेर निवेदनको प्रक्रिया अगाडि बढाउने जिम्मेवारी रहेको चिसमलाई प्रभावमा पारेर उनले नक्कली परिचय पत्रको आधारमा लाइसेन्स बनाइदिएको अभियोग लागेको थियो।

सो अभियोगमा चिसम धरौटीमा छुटे भने उनी थुनामा गएका थिए। उनी संलग्न आपराधिक घटनाबारे अमेरिकाको एफबिआइले समेत अनुसन्धान गरेको थियो। सन् २००६ मा मेरिल्यान्डको कोर्टले उनलाई सो अभियोगमा दोषी ठहर गर्दै २ वर्षसम्म विशेष निगरानीमा रहनुपर्ने सर्त राखेर रिहा गरेको थियो। यति मात्रै हैन उनी विरुद्ध ५० बढी मुद्दा चलेका छन् अमेरिकामा। उनी विरुद्ध सबैभन्दा धेरै लेनदेनमा धोका दिएको सम्बन्धी केसहरू चलेका छन्। ट्याक्स छलीमा उनी विरुद्ध ३२ हजार अमेरिकी डलरसम्म जरिवाना भएको देखिन्छ। केही यातना दिएको केस छ। सवारी नियम उलङ्घन गरेको, समयमा भाडा तिर्न नसकेको, कर नतिरेको, केस समेत छन् जसमा उनी अमेरिकी अदालतबाट दोषी ठहर भएको देखिन्छ। उनी विरुद्ध कुनै संस्था वा व्यक्तिले मात्रै हैन अमेरिकी सरकारले समेत मुद्दा दर्ता गराएको देखिन्छ। २००८ मे २७ मा सर्किट कोर्ट अफ बाल्टिमोरमा दर्ता भएको ट्याक्स छलीको मुद्दामा उनको विपक्षमा फैसला भयो। उनले ३२ हजार ७९ रकम तिर्नुपर्ने आदेश आएको देखिन्छ।

उनी विरुद्ध अहिले पनि अमेरिकी अदालतमा छ वटा केस चलिरहेको देखिन्छ। सन् २०१२ डिसेम्बर १२ मा उनी विरुद्ध डिस्ट्रिक्ट कोर्ट फर बाल्टिमोर सिटीमा यातना सम्बन्धी मुद्दा दर्ता भएको थियो। सन् २०२३ फेब्रुअरी २३ मा नवीकरणको सूचना जारी भएको थियो। यो मुद्दा जीवितै छ। उनी विरुद्ध २०१७ मा अनधिकृत रूपमा अर्काको सम्पत्ति कब्जा गरेको दाबी सहित डिस्ट्रिक्ट कोर्ट अफ बाल्टीमोरमा दर्ता भएको मुद्दा समेत सक्रिय नै छ। जोनियल एप्रोइसियोर एस्कोबारले सन् २०२२ मा दायर गरेको मुद्दाको समेत छिनोफानो भएको छैन। अमेरिकामा नेपाली समुदायबिच समाजसेवी अनि अभियन्ताको आवरणमा रहेका उनी रेस्टुरेन्ट र रियल स्टेटको व्यापारमा संलग्न रहेको देखिन्छ। गैर आवासीय नेपाली सङ्घमा समेत आबद्ध रहेका उनी अमेरिकाको म्याग्दी समाजमा समेत आबद्ध थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको अमेरिका बसाइमा दुबैबिच मित्रता रहेको र उनले रविलाई सघाउने गरेको बाल्टिमोर निवासी एक नेपालीले उकेरालाई जानकारी दिए। ‘उनी रविको गुरु बराबर हुन्। उनी अमेरिकामा रहेका नेपाली समाजका सदस्यबिच राम्रै छवि बनाएर बसेका थिए। उनको आपराधिक पृष्ठभूमि त बल्ल खुलेको हो,’ नाम उल्लेख गर्न नचाहने उनले भने। रविका नौ मुद्दा अमेरिका बस्दा रवि लामिछानेविरुद्ध पनि नौ वटा मुद्दा चलेको देखिन्छ। त्यसमध्ये चार वटा मुद्दामा उनी दोषी ठहर भएको देखिन्छ भने एक मुद्दा त अहिले पनि चलिरहेको छ।

उनी विरुद्ध अमेरिकामा मुद्दा रहेकोबारे सामाजिक सञ्जालमा दाबीहरू आएपछि बन्द भइसकेका मुद्दाको विवरण ल्याएर बदनाम गर्न खोजेको भन्दै प्रतिवाद गरेका थिए। तर केही मुद्दामा आफू दोषी समेत ठहरिएको तथ्य लुकाएका थिए। उनी विरुद्ध नेपालमा नागरिकता र राहदानीबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। निष्क्रिय नागरिकता प्रयोग गरेको सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै ठहर हुँदा उनको मन्त्री र सांसद पद गुमेको थियो। उनी वैशाखमा चितवन २ मा हुने उप-निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्। अमेरिकी नागरिक हुँदै नेपाली राहदानी लिएको प्रमाणसँगै उनले समेत स्वीकार गरिसकेका छन्। राहदानी दुरुपयोगको कसुरमा उनी दोषी ठहर भएमा उनको संसदीय राजनीति समाप्त हुनसक्छ। १६ जनासँगै केन्द्रीय सदस्य मनोनीत ज्वाला सङ्ग्रौला श्रीमान्सँगै आफू समेत सरकारी कागजपत्र किर्तेमा पक्राउ परेर प्रहरी हिरासत पुगेकी व्यक्ति हुन्। सामाजिक सञ्जालमा तथानाम लेख्न सक्रिय उनी विरुद्ध प्रहरी कर्मचारीलाई रङ्गभेदी व्यवहार गरेको आरोप समेत लागेको थियो।

from ukera.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *