नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अंग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटालाई प्रदान गरिएको छ । डेढ दशकभन्दा बढी समयदेखि अंग्रेजी सम्पादनमा रही राससको उन्नयनमा उल्लेखनीय योगदान गरेवापत वरिष्ठ सम्पादक सापकोटालाई शाखाले उक्त पुरस्कामा प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार राससको वार्षिकोत्सवका अवसरमा प्रदान गरिएको छ । गैंडाकोट ८, नवलपुर निवासी सापकोटा स्थानीय सामाजिक विकास संस्था विजय विकास स्रोत केन्द्र नेपाल लगायतका संस्थामा आबद्द रहनुभाएको छ । पत्रकार सापकोटा विगत डेढ दशक अघिदेखि विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हक र खुला सरकार सहकार्य प्रवर्धनको अभियानमा संलग्न हुनुहुन्छ