राष्ट्रसंघका महासचिव एन्टोनियो अन्नपूर्ण बेसक्याम्प जाने, पर्यटन क्षेत्रमा कोसेढुंगो सावित हुने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् ।

जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने छन् ।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नेछन् ।

महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्ने छन् । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्ने छन्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस १२ नेपाल भ्रमणमा आउने तय भएको छ ।

नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप पुग्ने कार्यक्रम रहेको सिडिओ घिमिरेले जानकारी दिए ।

‘पोखरा विमानस्थलबाट हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुग्नेसमेत तालिका छ,’ कास्कीका सिडिओ घिमिरेले भने, ‘प्रोटोकलअनुसार सुरक्षा व्यवस्था चुस्त हुने छ ।’

राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुग्ने भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।

अन्नपूर्ण हिमाल ८ हजार मिटरमाथि आरोहण भएको विश्वकै पहिलो हिमाल हो । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछि मात्रै सगरमाथा आरोहण भएको थियो । पोखराको पर्यटन क्षेत्रलाई फेरि एक पटक अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपाल आउन लागेका गुटरेस हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग कुराकानी गर्ने कार्यक्रम पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *