प्रतिनिधिसभा बिघटनको सिफारिश, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन

काठमाडौं, । मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषदको आकस्मिक बैठकले बैकल्पिक सरकार गठनमा संसद असफल भएको भन्दै राष्ट्रपति समक्ष बिघटनको सिफारिश गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिनुभएको समयमा परेका दुवै दावी खारेज गर्नुभएपछि प्रधानमन्त्री अ‍ोलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको थियो । बैठकले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेको हो ।

गत २०७७ पुस ५ गते बिघटित प्रतिनिधिसभालाई सर्वाेच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरेको थियो । सरकार गठनको बिकल्प हुँदाहुँदै बिघटन गर्न नपाइने भन्दै सर्वाेच्चले पुनःस्थापना गरेपछि पनि संसदले बैकल्पिक सरकार दिन सकेको थिएन । यही कारण प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा बिघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचनको मिति तोक्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको हो ।

ओली प्रधानमन्त्रि कायम नहुने अवस्था बुझे पछि राष्ट्रपति भण्डारीले शेर बहादुर देउवालाई पनि प्रभानमन्त्रि बनाउन चाहिनन । केहि समय देखि राष्ट्रपति भण्डारी प्रधानमन्त्रि ओलीको रबरस्टाम्प जस्तै देखिएकी छिन । उनि कुनै पनि काम ओलीको अिनमति विना गर्दिनन भन्ने निकटष्थहरु बताउँछिन । सधै राष्ट्रपति भण्डारी ओलीका सल्लाहकारहरुबाट प्रमाणीत नगरी कुनै कुरा पनि सदर नगर्ने बताईन्छ । राष्ट्रपति भण्डारीको नालायकीपनले मुलुक कोरोना महामारीको यो बेला गंभीर दुर्घटनातर्फ मोडिएको छ । आजको दिन नेपाली लोकतन्त्रका लागि कालो दिन सावित हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *