नेपाल राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधनबारे जारी गरेको निर्देशनले सर्वसाधारणमा ठूलो भ्रम उत्पन्न भएको छ । राजाहरुको तस्बीर अङ्कित नोट नै नचल्ने हो कि भन्ने भ्रममा सर्वसाधारण परेपछि राष्ट्रबैंकले सोमबार अर्को विज्ञप्ति जारी गर्दै बजारमा रहेका राजाका तस्बीर अङ्कित नोटहरुको प्रयोगमा कुनै बाधा नपर्ने स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले आईतबार सुचना जारी गर्दै पुर्व राजाकोे तस्वीर अङ्कित नोटलाई चलनचल्तीमा पठाउन नमिल्ने नोटको रुपमा वर्गिकरण गरिएको बताएपछि सर्वसाधारणमा भ्रम उत्पन्न भएको हो । तर यो व्यवस्था अन्र्तगत अलमलमा नपर्न र सर्वसाधारणको हातमा रहेका सबै प्रकारका नोट चल्ने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ । सफा नोट नीति २०७३ अन्तर्गत राष्ट्रबैंकले नयाँ नोटको प्रयोग बढाई पुराना नोट व्यवस्थापनका लागी यस्तो व्यवस्था गरेको बताएको छ । यो व्यवस्था अन्तर्गत झुत्रिएका, मक्किएका, जलेका, गलेका, लुलो भएका, किराले खाएका, पानीले भिजेका, छपाई बिग्रेका, अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेका केरमेट भएका तथा राजाहरुका तस्वीर अङ्कित नोटहरुलाई पुनm प्रयोगमा नपठाउने व्यवस्था रहेको जनाएको हो ।
राष्ट्र बैंकले नोट व्यवस्थित गर्नको लागी यस अघि नै सफा नोट नीति कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन पनि दिएको थियो । राष्ट्र बैंकले अहिले गरेको व्यवस्थामा बंैक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई ए.टि.एम. लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङ्गको स्लिप, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गको स्लिप र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्न सक्ने व्यवस्था गरेको बताउनुभयो ।
यो व्यवस्थाले मुद्रा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै नयाँ नोटको प्रयोगलाई बढावा दिने नेपाल राष्ट्र बैंकको भनाई छ । बैंकले लिएको यस नीतिले बैंकमा आएको पुराना नोेटलाई व्यवस्थित गरि नयाँ नोटको प्रयोगलाई बढाउने देखिएको छ ।