राजनीतिमार्फत समाज सेवा गर्न सरकारी जागिर छोडेको हुँ

धर्मराज (राजकुमार) भण्डारी
नेपाली काँग्रेस, वडाअध्यक्ष उम्मेदवार वडा नं १२ नीलकण्ठ नगरपालिका

राजकुमार भण्डारी नीलकण्ठ नगरपालिकामा युवा पुस्तामा चिनिएको नाम हो । उनि यस मानेमा पनि चर्चित छन की आकर्षक सरकारी जागिर छोडेर राजनीतिमा होमिएका छन । धादिड जिल्ला मालपोत कार्यालयमा कार्यरत भण्डारी जागिर त्यागेर नीलकण्ठ नगरपालिका वडा नं १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसकोतर्फबाट उम्मेदवार भएका छन । उनिसंग खबरमालाले गरेको कुराकानी संक्षेपमाः

सबै मानिस सरकारी जागिर खोज्छन, तपाई किन जागिर छोडेर राजनीतिमा होमिनु भयो ?
राजनीति नै समाजसेवा हो त्यसैले मैले राजनीतिमार्फत समाजसेवा रोजेको हुँ । हो मेरो जागिर आर्कष नै थियो तर त्यो भन्दा बढी जनताको सेवा गर्ने मन भएकोले मैले राजनीति रोजेको हुँ । जनतालाई सेवा गर्ने मेरो ईच्छा यतिखेर आएर पुरा हुन लागेको छ । म चुनावी मैदानमा आएपछि स्थानीय आदरणीय आमा बुबा, तथा दाजुभाई एवं साथीहरुबाट निकै सकारात्मक सुझावहरु आएका छन । मेरो सपना पुरा हुने आशा लिएको छु ।

कसरी राजनीतिमा आर्कसित हुनु भयो ?
खासमा मेरो रगतमै राजनीति छ । कारण मेरो बुबा पनि मैले थाहा पाएदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले मलाई सिकाउनु भएको मुख्य कुरा भनेकै राजनीतिमार्फत समाज सेवा गर्नुपर्दछ भन्ने नै हो । नेपालको राजनीति बुढा खाडाले चलाएको भनेर युवामा राजनीति सार्नु पर्दछ भन्ने सोच अनुसार नै बुढा अनुभवी नेताहरुको सल्लाह र उहाँहरुको अनुभवलाई हामी जस्ता युवाले जनसमक्ष लैजानु नै अहिलेको आवश्यकता हो । त्यसैले म जस्ता युवाहरु राजनीतिमा सक्रिय भएर जनसेवा गर्नुपर्दछ भन्ने लाग्दछ । हामीले राजनीति नराम्रो भयो भन्ने मात्रै होईन हामी आफै राजनीतमा लागेर त्यसलाई राम्रो बनाउनु पर्दछ भन्ने सोचले राजनीतिमा होमिएको हुँ मेरो अबको बाँकी जीवन जनसेवामा सर्मर्पित गर्नेछु ।

उम्मेदवार भएर मैदानमा उत्रिएपछि कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हुन त म हिजो आफ्नो गाउँघरमा जस्तो सुकै सजिलो र अफ्ठ्यारो हुँदा पनि सबैसंगै थिए । हरेक दुख सुखमा संधै संगै भएकोले पनि अहिले उम्मेदवार हुँदा सबै आम जनसमुदायबाट निकै सकारात्मक प्रतिक्रिया पाएको छु । उहाँहरुको त्यस्तो प्रतिक्रियाबाट म झन बढी उत्साहित भएको छु । उहाँहरुको उत्साहलाई बलम परिणत गरेर वडाको विकास गर्ने काममा खटिनेछु ।


कस्तो योजनाहरु लिएर चुनावी मैदानमा उत्रिनु भएको छ ?
म एउटा वडा अध्यक्षले कति गर्न सकिन्छ त्यो जनताको बीचमा रहेर गर्ने हो । त्यो धेरै ठुला योजनाहरु छैनन र मैले योजना बनाएर पनि हुन्न । नगरपालिकासंग समन्वय गरेर आफ्नो वडाको आवश्यकता अनुसार काम गर्नेछु । तर मलाई थाहा छ की मेरो वडामा भएका माध्यमिक, निम्न माध्यमिक, तथा प्राथमिक विधालयहरु त्यहाँका शिक्षक र विधार्थी तथा पुर्वाधारको समस्याहरुको समाधान, खाने पानी तथा सडक सन्जालहरु नै मेरो क्षेत्रको विशेष प्राथमिकता हुन । साथै उन्नत कृषि र मठ मन्दिर तथा युवाहरुको लागि खेलकुद मैदानहरु अहिलेको आवश्यकता देख्छु । भोलीका दिनमा मेरो आफ्नो क्षेत्रमा के कति सकिन्छ प्राथमिकताको आधारमा योजना बनाएर पाँच बर्ष खट्नेछु । मेरो क्षेत्रमा अहिले सम्म नभएको योजना र जनताको बीचमा काम गरेर देखाउँछु । साथै मेरो वडाबाट जति पनि उच्च पदस्थ सरकारी तथा गैरसरकारी पदमा पुग्नु भएका आदरणीय व्यक्तिहरुलाई संयोजन गरेर संभावनाहरुको खोजी गर्ने र उहाँहरुबाट सहयोग लिदै वडामा गर्न सकिने कामहरु गर्नेछु । त्यसैगरी अहिले मेरो वडाबाट विश्वका विभिन्न देशमा पुग्नु भएका एनआरएनमा संलग्न व्यक्तिहरुलाई संयोजन गरेर वडामा गर्न सकिने विकास र यहाँका जनताका लागि उहाँहरुले गर्न सक्ने सहयोग पनि जुटाउने छु । मेरो वडामा जति पनि विधार्थीहरु छन उनिहरुको लागि आवश्यक छात्रवृत्ति र अन्तर्राष्ट्रिय रुपमा उनिहरुका लागि संभावनाहरुको खोजी गर्ने र उनिहरुलाई लाभान्वित गर्ने कोसिस गर्ने छु । मेरो धेय आफ्नो वडामा हुने सबैखाले योजनाहरु जनसमक्ष लैजाने र कहाँ के काम गर्दा फाईदा हुन्छ त्यहि अनुसार जनसमुदायको हितका लागि उहाँहरुकै सल्लाहमा योजनाहरु कार्यन्वयन गर्नेछु मलाई आशा छ मलाई विजयी गराउनु हुनेछ र मेरो योजनाले पुर्णता पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *