राजदूत आचार्यलाई आयरल्याण्डको पनि जिम्मेवारी

काठमाडौं : बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डको जिम्मेवारी दिइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आचार्यलाई आयरल्याण्डको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।

 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *