सन् १९५५ मा रतन टाटाको रिभरडाले काउन्टी स्कुलका शिक्षकहरूले आफ्नो वार्षिक पुस्तिकामा लेखेका थिए, ‘रतनको चमक र भद्र चरित्रले उनलाई निश्चित रूपमा सफल बनाउँछ । यदि उनले आफ्नो चमक र बौद्धिकतालाई पूर्ण रूपमा विकास गर्नमा निरन्तरता दिए भने हामी उनीप्रति निश्चित हुन सक्छौं । उनको खुसी र उपयोगी जीवन हुनेछ ।’
रतन टाटा डिसेम्बर २८ मा जन्मेका हुन् । उनी हाल ८६ वर्ष नाघिसकेका छन् । उनी अझै पनि बिलकुल किशोर उमेरका जस्तै लाग्छन् । तर, उनका शिक्षकहरूले उनले आफ्नो महादेशमै यति ठूलो हलचल मच्चाउँछन् भन्ने अनुमानसम्म पनि लगाएका थिएनन् । २०२२ को जनवरीमा टाटा ग्रुपले एयर इन्डियालाई आफ्नो ग्रुपमा ल्याएको थियो । यसले उनको यायातात क्षेत्रको पोर्टफोलियोलाई झनै सबल बनायो । यद्यपि एयरलायन्सको फिर्तीले टाटा सन्स चेयरम्यान एमेरिट्समा ठूलो महत्व राखेको छ, यो पनि उनीहरू बुवा पुस्तालाई सम्मान गर्ने किसिमबाट । यो उनका काका र सल्लाहकार जेहानगिर रतनजी दादाभोइ टाटाले सन् १९३२ मा टाटा एयरलायन्सको रूपमा स्थापना गरेका थिए ।
वास्तवमै विमान सेवाको पहिलो विमान जेआरडी स्वयंले उडाएका थिए । यो जोस टाटाले सेयर गरेको हो । उनी नियमित रूपमा विमान उडाउने गर्थे । दोस्रो विश्वयुद्धपछि एयरलायन्स ‘पब्लिक लिमिटेड कम्पनी’ भयो । तर १ खर्ब ८० अर्ब भारु (२.४ अर्ब डलर) मा किनेदेखि विमानहरू टाटाको नामको मातहतमा आयो र कोभिड–१९ को महामारीले विशाल घाटा बेहोरेपछि नराम्ररी असर प¥यो र यसको सम्पत्ति पुनर्वहाली गर्ने योजना ल्याइयो ।
जेआरडी टाटाको नेतृत्वमा एयर इन्डिया एक समयमा विश्वकै ख्यातिप्राप्त एयरलायन्सको रूपमा स्थापित भएको थियो । एक्विजिसनपछि टाटाले एक विज्ञप्तिमार्फत भनेका थिए, ‘हाल साख र ख्याति पुनः प्राप्त गर्ने अवसर आएको छ, जुन सुरुका वर्षहरूमा कमाइएको थियो ।
भद्र सुरुवात
कम्पनीहरू लिने र यसलाई सुधार गर्ने व्यावसायिक करियर टाटाको ट्रेडमार्क नै बनेको छ, जुन उनको निर्देशनमा यो सबै भएको थियो । यसले टाटा ग्रुपको सम्पत्ति बढाउन पनि सहयोगी भएको थियो । जमसेती टाटाले १८८६ मा ‘फेमिली बिजनेस’सुरु गरेका थिए, उक्त समयमा उनले व्यापारिक कम्पनी पनि सुरु गरेका थिए । उक्त समयमा उनले टेक्सटाइल मिल खोलेका थिए र एउटा निमयका साथ तोडेका थिए । उक्त समयमा उनले कामदारलाई पेन्सन र पेड दुर्घटना क्षतिपूर्ति दिने प्रस्ताव गरेका थिए ।
हाल टाटा ग्रुपले ६ महादेशभरिमा गरेर १ सयभन्दा देशहरूमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ र हाल समाजका प्रत्येक क्षेत्रमा कम्पनीहरू छन् । यसमा ऊर्जा, अटोमोटिभ, इन्जिनियरिङ र सूचना–प्रविधिलगायतका छन् । २०२०–२१ मा टाटा कम्पनीहरूको आम्दानी १ सय ३ अर्ब डलर थियो । उक्त वर्षमा ८ लाखभन्दा बढी कामदार थिए । २९ पब्लिक लिस्टेड टाटाका व्यवसायहरूको संयुक्त पुँजीकरण २ सय ४२ अर्ब डलर छ ।
विलासी भवनको वृद्धिबाहेक कर्नेल युनिभर्सिटी र हार्वर्ड युनिभर्सिटीको आर्किटेक्चर र संरचनागत इन्जिनियरिङ डिग्री उनको नाममा छ । टाटाले आफ्नो करियर टेल्कोको सप फ्लोरमा १९६२ मा सुरु गरेका थिए र त्यसपछि टाटा स्टिलमा गएका थिए ।
उनी १९८१ मा टाटा इन्डस्ट्रिजको अध्यक्ष भएर पछि जेआरडी उत्तराधिकारी भए । टाटा सन्स टाटा ग्रुपको होल्डिङ कम्पनी हो । उनी १९९१ देखि कम्पनीमा सुरु गरेर २०१२ मा निवृत्त भएका थिए । उनको कार्यकालको अवधि २०११–१२ मा ग्रुपको आम्दानी बढेर कुल १ सय अर्ब डलरभन्दा माथि पुगेको थियो ।
उनको निर्देशनमा आएको भिजनरीले कम्पनी उल्टो साम्राज्यवादीको रूपमा चिनियो । कम्पनीले २००० मा ४० करोड ७० लाख डलरमा चिया फर्म टेटली, २००७ मा एङलो–डच कोरस ग्रुप १२ अर्ब डलर र ल्यान्ड रोभर २००८ मा २.३ अर्ब डलरमा किनेसँगै यस्तो अवस्था आएको हो । कम्पनीले विश्वभरिमा होटल च्यानल कम्पनी, सञ्चार नेटवर्क र ऊर्जाप्रदायकहरूसमेत किनेको थियो ।
एकल जीवन
जब करियर फेमिली बिजनेसका साथ बन्यो, अधिकार हस्तान्तरण गर्न दबाब सिर्जना भयो । तर, टाटाले विवाह नै नगरी बस्ने निधो गरे । धेरैले उनी किन विवाह नै नगरी बसे भनेर चर्चा गर्न थाले । धेरैले उनका बुवाआमाको विवाह तोडिएकाले उनी पनि विवाह नै नगरी बसेको हुन सक्ने हल्ला चलाए । उनले विवाहलाई जुवा भएको बताए ।
‘कलेजपछि मैले लस एन्जलसमा आर्किटेक्चरको काम गरें । जहाँ मैले दुई वर्षसम्म काम गरें,’ उनले फेसबुक पेज ह्युम्यान अफ बम्बेमा लेखेका छन्, ‘म प्रेममा परें र विवाह गरें । तर सोही समयमा मैले केही समय भारत फर्कने निर्णय गरें । त्यतिबेला म आफ्नो हजुरआमाभन्दा टाढा थिए । उनी सात वर्षसम्म अस्वस्थ थिइन् ।’
‘त्यसैले म उनलाई भेट्न आएँ । त्यतिबेला मैले विवाह गरेकी श्रीमती पनि मसँगै आउँछिन् भन्ने सोचेको थिएँ । तर, चीन–भारतको सन् १९६२ को युद्धका कारण उनका बुवाआमाले उनलाई मसँग पठाउन दिन ठीक ठानेनन् र सम्बन्ध तोडियो ।’
प्रेमको सट्टा हजुरआमालाई रोज्नु युवाका लागि अचम्मको कुरा थियो । तर अफसोच, उनले हजुरआमाको दुःख सहनुप¥यो । उनले उनको सौतेलो भाइ नोइललाई रोजिन् ।
‘मेरी आमाले अर्को विवाह गरेपछि स्कुलका केटाहरूले हाम्रा बारेमा सबै कुरा ठीक छ भने । यो उनीहरूले लगातार भन्दै गए । तर, हाम्री हजुरआमाले हामीलाई सबै अवस्थामा शान्त र भद्र रहन भनिन् । मेरो यो व्यवहार मसँग हाल पनि रहँदै आएको छ ।’
यद्यपि त्यस्तो अवसर पनि आएको थियो, जहाँ टाटा आफ्नो धरातलमा उभिए र लड्नका लागि तयार भए । जब उनी २०१२ मा ७५ वर्षको उमेरमा कम्पनी चलाउनबाट बाहिरिए, फर्मको संगठनलाई नयाँ अध्यक्षको खोजी गरियो र यो आवश्यकता पनि थियो । कम्पनीको अध्यक्षमा साइरस मिस्ट्रीलाई रोजियो । किनभने उनका पिता पालोनजी मिस्ट्री उत्तराधिकार वंश थिए । उनको टाटा बिजनेसमा १८.५ प्रतिशतको हिस्सा थियो । टाटा फेमिलीसँग सम्बन्धित भएकाले साइरसकी बहिनी अलोले टाटाको सौतेलो भाइ नोइलसँग विवाह गरेकी थिइन् । यो सुहाएको देखिन्थ्यो ।
जब २०१६ मा साइरसलाई हटाइयो, दुई परिवारबीचको शताब्दी लामो सम्बन्ध बिग्रियो । उनले आफूलाई गलत तरिकाबाट निकालिएको दाबी गरे । उनले कम्पनीको संरचना र टाटा दुवैको आलोचना गरे । मुद्दा सर्वोच्च अदालतमा गएर टुंगियो र न्यायाधीशले टाटाको पक्षमा पैmसला सुनाए । उनी निर्णयबाट खुसी भए ।
रतन टाटाः जीवनकालको सत्कर्म
ऐक्यबद्धता कम्पनीका लागि प्राकृतिक जोडको विषय बन्यो । टाटा आफ्नो जीवनभरि समर्पित भए । देशकै श्रेष्ठमध्येका एक उद्योगपतिका रूपमा उनी शीर्ष २० धनी भारतीय धनाढ्यभित्र पर्दै आएका थिए । जब जेमसेल्जीले फेमिली फर्म स्थापना गरे, उनले आफूले कमाएको टाटा ट्रस्टलाई दान गरे र टाटा सन्सको सम्पत्ति टाटा ट्रस्टले ओगट्यो ।
भवन निर्माण प्रविधि केन्द्रहरूदेखि विद्यार्थीलाई छात्रवृत्तिसम्म भारतका पूर्वराष्ट्रपति केआर नारायणनलगायतले ट्रष्टहरूले विद्यार्थीहरूलाई उनीहरूको खेलकुदको जोसमा सहयोग गरेका थिए । उनीहरूले स्रोत र शिक्षादेखि समुदाय सबैलाई कोभिड–१९ सँग लड्न १५ अर्ब भारु (२०१ अर्ब डलर) दान गरेका थिए ।
पसलमा युवा मानिसको रूपमा काम गरेकाले उनले सामीप्यमै दुःख र थोरैमा काम गरेकाले कठिनाइ भोगे र सोचे कि के चिजले जीवन सुधार गर्न सकिनछ भनेर । टिकाउ हुने नवीनतम समाधानका साथ आउने विषय र समस्याहरू अध्ययनका लागि सहयोग र समय तथा पैसा खर्च गर्न टाटाले आफ्नो क्रान्तिकारी विधिको प्रशंसा गरे । यो विशुद्ध विधि व्यापक भिन्नता ल्याउन र यो इनिसियटिभमा अन्य प्रमुख कर्पोरेसनहरू जस्तै गुगल, बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसन र सरकारी निकायहरूसँग साझेदार गर्ने गरी ढाँचा तयार पारिएको छ ।
टाटा जीवजन्तुको कल्याणमा पनि त्यत्तिकै रुचि राख्थे । विशेष गरी उनी भुस्याहा कुकुरको दुःख देखेर चिन्तित हुन्थे । ‘हाल जनावर कठिनाइमा गुज्रन बाध्य भएका छन् । परिवारले बेवास्ता गरी छोडेका जनावरहरूप्रति विशेष गरी मेरो मायाममता जाग्थ्यो,’ उनले इन्टाग्राममा लेखेका थिए, ‘उनीहरूले बास पाएको दिन उनीहरूको मस्तिष्कमा के चलिरहेको छ भन्ने म अनुमान गर्न सक्दिनँ र अर्को दिन उनीहरूको मस्तिष्कमा के हुन्छ भन्ने पनि जान्दिनथें ।’
टाटाले २०१९ मा आफ्नै इन्स्टाग्राम खोलेर धेरैलाई आश्चर्यमा पारे । त्योभन्दा पहिले अरूले उनलाई लजालु र एक्लो भन्ने गर्थे । तर, उसको ग्रिडमार्फत एक झट्काले देखाउँछ कि उसको आठौं दशकमा उसका लागि महत्वपूर्ण रहने कुराको सार उसको परिवारको विरासत र उसले आफ्नो जीवन समर्पित गरेको परोपकारी कार्यको प्रभाव हो । उहाँसँग महत्वाकांक्षी लक्ष्यहरू छन्– चाहे तिनीहरू व्यक्तिगत हुन् ।
‘मैले सानो केटाको रूपमा पियानो अलिकति सिकेँ,’ टाटाले इन्स्टाग्राममा सेयर गरे, ‘मेरो सेवानिवृत्तिपछि, मैले एक महान् पियानो शिक्षक पाएँ तर दुवै हातले खेल्न, आवश्यक ध्यान दिन असमर्थ थिएँ । म फेरि एकपटक प्रयास गर्ने आशा गर्छु । एउटा कुरा निश्चित छ— टाटाले आफ्नो वार्षिक पुस्तकको भविष्यवाणी गरेको ‘उपयोगी जीवन’ पक्कै उत्कृष्ट छ । विश्वको सबैभन्दा गतिशील र शक्तिशाली कम्पनीहरूमध्ये एक सिर्जना गर्न मात्र होइन, तर अझ महत्वपूर्ण कुरा, आफ्नो परोपकारी प्रयासमार्फत लाखौं भारतीयको जीवनलाई समृद्ध बनाउनु ।