यूनाइटेड इन्स्योरेन्सबाट भट्टराईको विदाई निमित्त प्रमुखको जिम्मेवारी उपासना पौडेललाई

 

यूनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी उपासना पौडेललाई दिइएको छ । कम्पनीको कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भई समय नथपिएपश्चात नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले नक्कली विमा पेश गरी संस्थालाई घाटा पुर्याएको आन्तरिक ठहरपछि व्यवस्थापनले उनको समयावधि नथपिएको बताइएको छ । पटक पटक व्यवस्थापन परिवर्तन भएपछि कम्पनिले उल्लेख्य प्रगति गर्न सकेको थिएन ।

चौधरी ग्रुप र एनई ग्रुपको लगानी रहेको युनाईटेड इन्स्योरेन्समा सिईओ नियुक्तीको लागि बीमा समितिमा फाईल पेश गरिएको भएपनि स्वीकृत भएको छैन । भट्टराईले साढे दुई वर्ष कामु सिईओको भूमिका निर्वाह गरेर आज कम्पनीबाट विदा भएका हुन् ।

२०७२ सालमा युनाईटेड इन्स्योरेन्सको सिईओ बनेका शेखर बरालले २०७५ साल जेठ ३१ गते राजिनामा दिएपछि डेपुटी सिईओ भट्टराईले नै कम्पनी चलाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *