चतुर्पक्षीय सुरक्षा संवाद अर्थात् क्वाड लिडरहरूको बैठक बसेको थियो । क्वाडमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया छन् ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, रसियाले युक्रेनमा आक्रमण गर्यो, जुन बेला यो बैठक भएको थियो। क्वाड देशहरूमध्ये भारत एक मात्र यस्तो देश हो, जसले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन। संयुक्त राष्ट्र संघमा अमेरिकाको नेतृत्वमा रुस विरुद्धको निन्दा प्रस्तावमा भारतले मतदान गरेन ।
त्यसयता क्वाडमा भारतको भूमिकामा प्रश्न उठिरहेको थियो । भारत क्वाड लाइनबाट टाढिँदै गएको बताइएको छ । यी सबै प्रश्नका बीच बिहीबार क्वाड देशको बैठक बसेको थियो । बैठकमा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी र जापान, अमेरिका, अष्ट्रेलियाका राष्ट्र प्रमुखहरु सहभागी थिए । उक्त भेटपछि चार नेताहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । यो कुरा ह्वाइट हाउसको वेबसाइटमा पनि उपलब्ध छ।
‘अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका नरेन्द्र मोदी, जापानका फुमियो किशिदा र अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वतन्त्र र खुला इन्डो-प्यासिफिक महासागर, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न प्रतिबद्ध छन्,’संयुक्त विज्ञप्तिमा भनिएको छ। सबैले क्षेत्रीय स्थायित्व र समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘क्वाड नेताहरूले युक्रेनमा चलिरहेको द्वन्द्व र मानवीय संकटको बारेमा पनि छलफल गरे र यसले यसको सिमानामा पार्ने प्रभावको पनि मूल्यांकन गरे,’विज्ञप्तिमा भनिएको छ। सबैले मानवीय सहायता र विपद् राहतका लागि नयाँ मेसिनरी तयार गर्न सहमत भए ताकि हिन्द महासागरमा भविष्यका चुनौतीहरू सामना गर्न सकिन्छ। यससँगै युक्रेन संकटका विषयमा आपसमा सहकार्य गर्ने सहमति भएको छ । क्वाड नेताहरू आगामी महिनाहरूमा टोकियोमा स्वतन्त्र र खुला इन्डो-प्यासिफिकमा छलफल गर्न सहमत भएका छन्।
युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् ।
यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थियो ।
सम्बोधनमा पुटिलले दाबी गरे ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।
उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए । न्युजकारखाना