मेक्सिकोबाट विना भिसा अमेरिकाको टेक्सास छिर्नेलाई कारवाही गर्न टेक्सास राज्यको सिनेटबाट बिल पारित गरिएको छ । यो बिलले सीमा र अध्यागमन प्रवर्तनमा केन्द्रित नयाँ कानून प्रवर्तन एजेन्सी सिर्जना गर्नेछ । सिनेटबाट बुधवार यो बिल पारित भएपछि अब कानून बन्नका लागि एक कदम नजिक पुगेको छ।
रियो ग्रान्डे सिटीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन राज्य सांसद रयान गुइलेनले ल्याएको यो बिलले टेक्सास बोर्डर फोर्स सिर्जना गर्नेछ, जुन टेक्सास रेन्जर्सको निर्देशनमा हुनेछ । सीमा बलको नेतृत्व टेक्सास रेन्जर्सका प्रमुखले गर्नेछन्।
रिपब्लिकन सिनेटरहरूले मेक्सिकोबाट अवैध रूपमा टेक्सास प्रवेश गर्न राज्य अपराध बनाउने प्रावधान सहित बिलमा परिवर्तनहरू थपेपछि माथिल्लो सदनले विवादास्पद कानूनलाई बुधबार बिहान प्रारम्भिक रूपमा अनुमोदन गरेको हो । विधेयकमा मानव तस्करीमा न्यूनतम १० वर्षको जेल सजायको व्यवस्था पनि गरिएको छ ।