माओवादी केन्द्रमा नयाँ कार्यसमिति चयन, को-को भए माओवादीको केन्द्रीय सदस्य ?

काठमाडौँ — साढे ३ दशकदेखि पार्टी सत्ताको एकछत्र नेतृत्व गरिरहेका पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट आफू अनुकूल केन्द्रीय समिति घोषणा गर्दै फेरि नेतृत्वको निरन्तरताको वैधानिकता लिएका छन् ।

महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्दै अनुकूलको केन्द्रीय समिति घोषणा गर्न आन्तरिक गृहकार्य टुङ्गोमा पुगेपछि आइतबार बेलुकी केन्द्रीय सदस्यको प्रस्तुत गर्न दाहाल महाधिवेशन बन्दसत्र हलमा पुगेका थिए ।

उनले पार्टी भित्र सहमतिका लागि भन्दै निर्वाचन प्रक्रिया भन्दा फरक ढंगले आफ्नो सूची प्रस्तुत गरे । सबै केन्द्रीय सदस्यहरुको पूर्ण नामावली समेत दाहालले पेस गरेनन् । महाधिवेशनको हलमा प्रदेशहरुको सिफारिस नै नआएको भन्दै केही नामपछि तय हुने घोषणा गरे । दाहालले जुन अपुरो सूची घोषणा गरे त्यसलाई महाधिवेशनको हलले अनुमोदन गर्यो ।

शान्ति प्रक्रियामा आएपछि लोकतान्त्रिक विधिलाई अंगिकार गर्दै संसदीय राजनीतिमा अभ्यस्त हुँदै गएको माओवादीको आन्तरिक लोकतन्त्रको अभ्यास भने महाधिवेशनमा अंकुश लागेको छ । यद्यपी दाहालले प्रस्तुत गरेको केन्द्रीय समितिलाई महाधिवेशनभित्रको नेतृत्व चयनको लोकतान्त्रिक विधिको रुपमा माओवादी नेताहरुले अर्थ्याएका छन् ।

जबकी एमालेको दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले यस्तै शैलीमा केन्द्रीय सदस्य र पदाधिकारीहरुको नामवाली सार्वजनिक माओवादी नेताहरुले एमाले अभ्यासलाई अलोकतान्त्रिक भन्दै खिल्ली उडाएका थिए । एमालेको महाधिवेशनमा कम्तीमा अध्यक्ष ओली र उनले घोषणा गरेको नामावलीमा असहमतहरुका लागि चुनावी प्रतिस्पर्धा जाने बाटो खुला गरिएको थियो । त्यसअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र केही क्लष्टरका केन्द्रीय सदस्यमा चुनाव भएको थियो । माओवादीको यो महाधिवेशनमा चुनावको कुनै प्रक्रिया नै सुरु गरिएन । दाहालको घोषणालाई नै सर्वसम्मत मानियो असहमतहरुले आफ्नो मत जाहेर गर्ने वैधानिक अवसर नै पाएनन् । दाहालले केन्द्रीय सदस्यको नामावली घोषणा गरेपछि महाधिवेशन सकिएको घोषणा गरियाे ।

माओवादीले रातरात राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । महाधिवेशनको उद्घाटनको एक दिनअघि मात्रै माओवादी स्थायी कमिटीले दाहालकै प्रस्तावअनुसार पहिलो एकता राष्ट्रिय सम्मेलनलाई ८ औं महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । जसलाई हतार हतारमा उद्घाटनको बिहान बोलाइएको केन्द्रीय समितिले अनुमोदन गरेको थियो ।

त्यसअघिसम्मका प्रतिनिधि छनोटसहितका सबै प्रक्रियाहरु राष्ट्रिय सम्मेलनका लागि भएको थियो । माओवादी नेताहरुले नै राष्ट्रिय सम्मेलनभन्दा महाधिवेशनमा वृहत र व्यापक हुने बताउने गरेका थिए । उनीहरुले महाधिवेशनमा आउने नीतिगत विषयमा पार्टीभित्र मात्रै नभएर बाहिर समेत बृहत रुपमा छलफल हुने र औपचारिक रुपमा आउने वैचारिक विषयमा आफ्नो धारणाहरु राख्नका लागि नेता तथा कार्यकर्ताहरुले पर्याप्त समय प्राप्त गर्ने थिए । तर नेतृत्वले अन्य दलको महाधिवेशनमा वैचारिक विषयमा नभएको छलफललाई विषयलाई देखाउँदै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्नु पर्ने औचित्य पुष्टी गराउन कोशिस गरेका थिए ।

तीनै तहको निर्वाचनपछि वैचारिक विषयमा छलफल गर्नका लागि विशेष महाधिवेशन गर्ने माओवादीले जनाएको छ । राजनीति विश्लेषक हरि रोका माओवादीको महाधिवेशनमा वैचारिक अपुरो रहेको बताउँछन् । उनले वैचारिकका लागि अर्को विशेष महाधिवेशन गर्ने भने पनि त्यो महाधिवेशनले निर्वाचित गर्ने नेतृत्व पनि तदर्थ नै हुने बताउँछन् ।

‘उहाँले विचारका लागि विशेष महाधिवेशन गर्ने भने पछि विचारधाराको कुरा थाती रह्यो । दुई लाइनको संघर्षको कुरा, तेस्रो वा चौथो विचार पनि आउने संभावना रह्यो’ रोकाको प्रश्न छ , ‘विचारको विषयमा छलफल गर्ने बाँकी भने यो प्रकारको “एडहक’ नेतृत्वमा नै हो । दाहालले महाधिवेशनमा राखेको विचारमा भोली प्रश्न उठे र अर्को फरकमतले पारित भयो भने के गर्नु हुन्छ ? विचार एउटा नेतृत्व अर्कोको भन्ने पक्कै पनि हुँदैन होला ।’

रोकाले महाधिवेशनले कार्यक्रम पनि तय गर्न नसकेको कारण कस्तो संगठन हुने भन्ने विषयमा टुङ्गो लाग्न नसकेको बताउँछन् ।

‘पार्टीको कार्यक्रमले पार्टी संगठन कस्तो हुने भनेर जनाउने हो’ रोकाले भने, ‘युद्ध लड्ने कार्यक्रम हो भने सैनिक संरचनाको हुने भयो, बहुदलीय व्यवस्था मात्रै सबै अन्य कुरा अपरिहार्य छ भन्ने लागेको हो अलि बढी क्रान्तिकारी पार्टी चाहिएला र संसदीय चुनावमा मात्रै लड्ने हो भने अर्को प्रकृतिको पार्टी चाहिन्छ । त्यो कुरा महाधिवेशनले टुङ्गाउन सकेन । ’

दाहालले तयार पारेको राजनीतिक प्रतिवेदन गोप्य राख्ने हरसंभव प्रयास गरेका थियो । प्रतिनिधिहरुलाई छलफलका लागि पहिलो नै दस्तावेज उपलब्ध गराउनुको परै जाओस स्थायी समितिको बैठकमा समेत दाहालले विषयबस्तुको बारेमा मौखिक रुपमा जानकारी गराएका थिए ।जसले माओवादीको महाधिवेशन लम्बियो ।

महाधिवेशनमा केही सदस्यहरुले दाहालको प्रतिवेदनमाथि आफ्नो धारणा लिखित रुपमै राखेका थिए । महाधिवेशनको समयमा माओवादीभित्र देखिएको भनाइ र गराइबीचको अन्तरको विषयमा प्रतिनिधिहरुले नेतृत्वमाथि प्रश्न गरेका थिए । ती प्रश्नलाई दाहालले सबैको विचारलाई सम्बोधन गरिन्छ भन्दै टुंग्याईदिए ।

दाहालले निकै मिहिनेत गरेर आफूले प्रतिवेदनमा तयार पारेर विषयबस्तुलाई उठान गरेपनि आगामी दिनको कार्यक्रमको बारेमा भने आफै अन्यौलमा परेको थियो ।

महाधिवेशनमा हालमा नेताहरुको जीवनशैलीमा आएको परिवर्तनको विषयमा प्रतिनिधिहरुले उठाएका थिए । त्यसको सुधार गर्ने भन्दै आत्मआलोचना गरेर विरोधलाई मत्थर बनाउने खोजिएको थियो । जुन जुक्ति विगतमा पनि माओवादी नेताहरुले अपनाउँदै आएका थिए ।

खुला विश्वविद्यालयका राजनीतिकशास्त्रका सहप्राध्यपक खगेन्द्र प्रसाई महाधिवेशनले वैचारिक र संगठनात्मक रुपमा माओवादी पार्टी समस्या रहेको देखाएको बताउँछन् ।

‘महाधिवेशनले माओवादीहरु संगठनिक र वैचारिक दुवै विषयमा समस्या, अफ्ठ्यारो र जटिलता रहेको देखाउँछ । कम्युनिष्ट पार्टीको महाधिवेशनले व्यवहारमा वर्ग पक्षधरतालाई स्थापित गर्ने हो बाँकी विषयमा खासै महत्व छैन’ प्रसाईंले भने, ‘मजदुर, किसान,निम्न मध्यम वर्ग अति नै गए मध्यम वर्ग त्यस वर्षको मानिसलाई पार्टीलाई ल्याउने र त्यो वर्गको मानिसको पैसा र परिचालनबाट पार्टी सञ्चालन गर्नुपर्योन । अनि मात्रै त्यो दल कम्युनिष्ट हुन्छ । त्यो माओवादी नभएर अन्यमा पनि लागू हुन्छ । यो बाहेक अन्य सबै विषयमा बुर्जुवा पार्टी हो ।’

उनका अनुसार महाधिवेशनले जुन वर्गको राजनीति गर्ने भनिएको छ त्यही वर्गको मात्रै चन्दाले पार्टी चालाउने भनेर निर्णय गरेको पो कम्युनिष्ट पार्टीको महाधिवेशन हुन्छ ।

‘वर्गीय पक्षधरतालाई सैद्धान्तिक रुपमा स्थापित गरेर व्यवहारिक कार्यान्वयन गरे मात्रै त्यो पार्टी वामपन्थी पार्टी हुन्छ,’ प्रसाईले भने, ‘वैचारिक र व्यवहारिक भन्ने फरक हुँदैन । वैचारिक कुरा भनेकै व्यवहारमा लागू गर्न बनाइन्छ । लागू गर्न नसकिने भने त्यो काल्पनिक विचार मात्रै हुन्छ । लागू गर्न चाहादैन भने त्यो बेइमानी भयो । लागू गर्न सकिने गरि ल्याउने हो भने त्यसलाई वैज्ञानिक भएको हो ।’

यी हुन् अध्यक्ष दाहालले माओवादी केन्द्रीय सदस्यमा वाचन गरेका २३६ नाम 

समानुपातिक खसआर्य पुरुषतर्फ

नारायण दाहाल, सूर्यप्रकाश सुवेदी, धीरेन्द्र शर्मा, नरबहादुर बिष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युत्तम काफ्ले ।

समानुपातिकतर्फ खसआर्य महिलातर्फ

आशा कोइराला, सीता पोख्रेल, कल्पना धमला, गंगाकुमारी बेल्बासे, दामा कुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, समिता कार्की, सुशीला सिम्खडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती पोखरेल, गीता बूढाथोकी, गोमा कुँवर, …चलाउने, रुक्मिणी गौतम, हरिमाया शर्मा, रुकु चौलागाई ।

खसआर्य युवा (महिला–पुरुष)

यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमल्सिना, कृष्णा शाह, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईँ, रुक्मिणि गौतम, हरिमाया शर्मा, विजय भण्डारी, दुर्गाप्रसाद चापागाई, अनिल शर्मा, बालहरि सोडारी ।

आदिवासी जनजाति (पुरुष, महिला, युवा)

अजम्बर राई काङमाङ, राजकुमार राई, मानबहादुर मगर, दीपबहादुर योञ्जन, दीपेन्द्रकुमार पुनमगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा, इन्द्र आङबो, हेमकुमार राई, डम्बर घर्तीमगर, नवीन जिरेल, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, रिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, बीना मगर, लालकुमारी पुन, माया बल, आर. तामाङ, कमला दोङ ।

दलिततर्फ (पुरुष, महिला, युवा)

विष्णुबहादुर बिक, यमबहादुर परियार, जगत पार्की, अञ्जना बिसंखे, सुशीला श्रीपाइली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी बिक, पम्फा बसेल, सुवोध श्रीपाइली, पार्वती बिक ।

थारु (पुरुष, महिला, युवा)

सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी, अमनलाल मोदी, रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी, कृष्णा चौधरी, रामकुमारी चौधरी ।  

मधेसी (पुरुष, महिला, युवा)

जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, सुरेन्द्र मेहेता, बोधमाया कुमारी यादव, सुनिताकुमारी यादव, घनश्याम यादव ।

मुस्लिम (पुरुष, महिला, युवा)

हकिकुल्लाह मुसलमान, कौशल साह,

खुल्लातर्फ (१११ जना)

नेपबहादुर थारु चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाई, लेखनाथ दाहाल, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, ईश्वरीप्रसाद भण्डारी, सुनील मानन्धर, हरिबोल गजुरेल, पुष्पकमल दाहाल प्रचण्ड, दिलिप महर्जन, सुदन किँराती, किरणकुमार राई, सुरेश राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमबहादुर राई, साबित्रीकुमार काफले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई, अजयशंकर नायक, अशोक मण्डल, भरतप्रसाद शाह, प्रकाशहरि पोखरेल, राजु खड्का, योगकुमार यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राय यादव, मातृका यादव, प्रल्लाह कुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजबहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लीलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, सीपबहादुर बस्नेत, कृष्ण केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुबबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, बामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्र महत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, हरिबहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दिनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी सार्की अछामी, दलजित श्रीपाइली, वीरमान चौधरी, कुमार पौडेल, यशोदा सुवेदी गुरुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *