महाभियोगका पक्षमा ५७ मतमात्र खसेपछि सिनेटबाट ट्रम्पलाई उन्मुक्ति

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग परीक्षणमा सिनेटले ट्रम्पलाई उन्मुक्ति दिएको छ । क्यापिटल हिल दंगा भड्काउन उक्साएको अभियोगमा ट्रम्पबिरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाइएको थियो ।

सिनेटमा आज भएको मतदानमा महाभियोगका पक्षमा ५७ जनाले मतदान गरेका थिए भने ४३ जनाले ट्रम्पलाई उन्मुक्ति दिने पक्षमा मतदान गरेका थिए । ट्रम्पबिरुद्धको महाभियोग पारित गर्नका लागि दुईतिहाई मत अर्थात् ६७ मतको आवश्यकता पर्ने भएपनि जम्मा ५७ मत खसेपछि ट्रम्पले उन्मुक्ति पाएका हुन् ।

 

७ जना रिपब्लिकन सिनेटरहरुले ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गरेपनि उक्त मत प्रयाप्त हुन सकेन । हाउसबाट पारित महाभियोगमा सिनेटमा उन्मुक्ति पाएको ट्रम्पले यो दोश्रो पटक हो । ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गर्ने रिपब्लिकन सिनेटरहरु बिल क्यासिडी, सुजन कोलिन्स, रिचार्ड बर, लिसा मुर्कोस्की, मिट रोम्नी, बेन सासे र प्याट टोमी रहेका छन् ।

ट्रम्प अमेरिकी इतिहासमा हाउसबाट दुईपटकसम्म महाभियोग लगाइएका पहिलो राष्ट्रपति हुन् । तर दुईपटक नै सिनेटबाट भने यो प्रस्ताव पारित हुन नसकेपछि ट्रम्पले उन्मुक्ति पाउन सफल भए । महाभियोग पारित भएको भए सामान्य बहुमतबाट ट्रम्पलाई सिनेटबाट भविश्यमा राष्ट्रपतिमा उठ्न रोक लगाउने प्रावधान पारित गर्ने तयारी थियो ।

 

तर उन्मुक्ति पाएकाले अब ट्रम्पका लागि भविश्यमा राष्ट्रपतिमा उठ्न पनि प्रतिबन्ध नलाग्ने भएको छ । ७४ बर्षका ट्रम्पले २०२४ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने भएका छन् । झण्डै ५ दिनसम्मको परीक्षणपछि अब सिनेटमा महाभियोग परीक्षण समाप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *