मनाडमा काँग्रेसका गुरुड, मुस्ताडमा काँग्रेसका गौचन र ललितपुरमा महर्जन विजयी

मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् ।

उनी मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी त्यसबेला श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

उनले २ हजार ५७५ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएका छन् । ०७४ मा भने यहाँबाट एमालेका गुरुङ विजयी भएका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । तर यसपटक भने माओवादी केन्द्रसँगको गठबन्धनमा कांग्रेसका टेकबहादुरले अघिल्लो पटकको बदला लिएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत पाएका छन् ।

०७४ मा एमालेका गुरुङले २३ सय मतसहित चुनाव जितेका थिए भने कांग्रेसका टेकबहादुर २०२१ मत पाएका थिए । ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले ८ हजार ६६६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ हजार २६४ मतसहित चौथो स्थानमा रहेका छन् ।

यस्तै राप्रपाका रघुवरराज थापाले ६ हजार ६४६ मत ल्याएको ललितपुर निर्वाचन कार्यालयका दिपशिखा मुनाकर्मी जनाएका छन् । त्यसैगरी स्वत्नत्र उम्मेद दिपेशकुमार केसी १३ सय ९२ ल्याएका छन् ।

यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।

मुस्ताङका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका योगेश गौचन थकाली ३९९२ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई उनले ९१४ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभातर्फ १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् भने २ तर्फ पनि कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । प्रदेशसभातर्फ नाम्डु गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत मात्रै पाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *