भ्रष्टाचार र अनियमितता र गुणस्तरिया स्वस्थको लागी हाम्रो आवाज स्थापित भयो

वसन्त बस्नेत

हामीले भ्रष्टाचार र अनियमितता र गुणस्तरिया स्वस्थको लागी आवाज उठायौं । कोरोना जाच्ने किट नक्कली परेको, सामान महंगो परेको, प्रक्रिया मिचि सामान किन्ने काम गरेको हुँदा सच्याउनु पर्यो भन्ने हाम्रो दावी स्थापित भएको छ । यसमा अभियानमा ऐक्यवद्धता जाहेर गर्ने सम्पुर्ण फेसबुक मित्रहरुलाई धन्यवाद । अभियान जारी नै रहनेछ । संक्षिप्तमा सरकार र सत्तारुढ दललाई हाम्रा सुझावहरु यस प्रकार छन् ।

सरकारले तत्काल गर्नुपर्ने ः
१. ५ जना नागरिकहरु कोरोना संक्रमणयुक्त व्यक्ति मध्य उपचारमा रहेकाको सहज र भरोषायोग्य उपचार गर्ने प्रबन्ध गर्ने ।

२. कोरोना भाईरसको कारण मुलुकभरको सार्वजनिक स्वास्थ (जन स्वास्थ) समेत प्रभावित भई ठिक हुने रोगको समेत उपचार नभएर नागरिकहरुको मृत्यु भई रहेको हुँदा कोरोना संक्रमित नभएका व्यक्तिहरुलाई तत्काल उपचार दिलाई ज्यान बचाउने कार्यमासरकारको संपुर्ण ध्यान जानुपर्ने ।

३. मोफसलमा विरामी भएका व्यक्तीहरुको उपचारमा टाढा रहेका नातेदारहरु गई अस्पताल सम्म लैजानको लागी आवश्यक प्रबन्ध गर्नुपर्ने, सो को लागी लकडाउनमा आवत जावत व्यवस्था प्रबन्ध गर्ने ।

४. कोरोना लागेर भन्दा पनी कोरोनाको कारणले अस्पतालहरुले उपचार नगरेर वा अस्पताल जान नपाएर मर्ने मानिसको संख्या बढ्दै जान सक्छ, सरकार सचेत हुनु जरुरी छ ।

५. निजि अस्पतालहरुलाई विना शर्त सरकारीकरण गरी सरकारको निति अनुरुप संचालन गर्नुपर्ने र आयोग बनाई उनिहरुलाई अचल संपतिको मुल्यांकन गरी उपकरणहरु वापत समेत क्षतिपुर्ति दिने ।

४. हाल रद्ध गरीएको टेण्डरवाला कंपनीलाई ब्याक लिष्टमा कडाईका साथ राखी ति संचालकहरुको नाममा तथा उनिहरुका एकाघरका सदस्यको नाममा समान प्रकृतीका अन्य कंपनी खोल्न, अन्य कुनै कंपनीहरुमा व्यवस्थापक बन्न वा प्रतिनिधी बन्न समेत रोक लगाउने । उनिहरुको आर्थिक कृयाकलाप र स्थितीके अनुगमन तथा निगरानी गर्ने ।

५. अब कोरोना उपचारको लागी आवशयक स्वस्थ सामाग्री ल्याउँदा जुन देश बाट ल्याउने हो, सो देशको सरकारसँग सरकार–सरकार ९न् तय न्० सम्झौता गरी गुणस्तरिया र मापलण्ढ अनुरुपको सामान ल्याउनुपर्ने ।

६. कोरोनाको सामान खरिद गर्ने कार्यमा संलग्न सम्बन्धित विभागिय मन्त्रि, अन्य विभागिय मन्त्रि, मन्त्रालयका सचिव तथा कर्मचारीहरु, अन्य विभागका प्रमुख तथा अन्य कर्मचारीहरु, विचौलिया, नक्कली कंपनीका वास्तविक मालिक, व्यवस्थापक, शुक्ष्म व्यवस्थापक, अस्पताल संचालकहरु को को सहभागी थिए, उनिहरुको नियत के थियो भन्ने छानविन गरी दोषिलाई कारवाही गर्ने ।

७. नक्कली र गुणस्तरहिन सामान खरिद गर्ने प्रक्रियाको लागी हाल सम्मको लागत नेपाल सरकारले नब्यहोर्ने ।

नेकपाका नेतृत्वले गर्नुपर्ने ।
१. फेसबुकबाटै नेकपाका स्थायी कमिटिीका सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रिय सदस्य, प्रदेश सांसद, प्रदेश तहको मन्त्रि आदीले आफ्नो पदको मरयादा नराखी फेसबुक मार्फत आफ्नो राय व्यक्त गर्ने, कोरोना पछि देखाईदिने जस्ता धम्कि दिने, मन्त्रिले जनतालाई गिद्ध र कुकुर सँग तुलना गर्ने, अध्ययन नै नगरी गलत कामको पक्ष पोषण तथा प्रतिरक्षा गर्ने, पदीय हैसियत भन्दा माथी उठेर तल्ला कमिटीका टिके नेताहरु समेत तथानाम बोलेर नेता सँगको सामिप्यता प्रदर्शन गर्न खोज्ने आदी कार्य गरको समेत देखिँदा आईन्दा यसरी फेसबुकमा जुहारी खेल्नु अघि आफ्नो पदबाट राजिनामा दिएर सतहमा आउन, सरकारको मन्त्रि वा नियुक्तीमा भए तहाँबाट विदा भई खुला बहसमा आउन आमन्त्रण गर्दछौं । अन्यथा आफ्नो पदीय मर्यादा कायम राखेर आफ्नो विषयगत मन्त्रालय वा विभाग वा जनसंगठन वा कुनै कार्यालय भए तहाँबाट वा पार्टि कमिटी भए तहाँबाट आधिकारीक धारणा राख्ने । यस्तो पद्धतीको विरुद्ध गई पदीय गरिमा राख्न नसक्ने यस्ता अक्षम व्यक्तिहरुलाई नियोक्ताले नै बरखास्त गर्नुृे ।

२. आफ्नो पार्टि कमिटी नचलाएर फेसबुकमा आफुलाई कुनै नेताको विश्वासपात्र सावित गर्न कतिपय टिका बहादुरहरु समेत को उपस्थिती देखियो । आफ्नो पार्टि कमिटी बाहेकको विषयमा पार्टिको आधिकारीक धारणा भन्दा बाहिर नजाने, आधिकारिक धारण बनाउँदा बैठकको बहुमतले बनाउने परिपाटी शुरु गर्ने ।

३. सरकारबाट सुविधा लिएकाहरुले भन्दा पनी नेताहरुसँग नजिकको सम्बन्ध रहेका, समान गुटमा रहेका, आर्थिक वा व्यवसायीक साझेदार रहेको, लेनदेनमा सहकार्य गरेका, राजनैतिक सामिप्यता रहेका र नेता तथा व्यक्तिहरुले समेत गलत मनसाययुक्त ढंगले फेसबुकबाट फरक विचारका मानिसलाई होच्याउने, दम्भ देखाउने, सत्ताको उन्माद प्रस्तुत गर्ने र पार्टिको आधिकारिक धारण नआईकनै गलत काममको प्रतिरक्षा गरी प्रतिकात्मक ढंगले थप सवाल जवाफ गर्दा आफ्नो दावि विपरित परिणाम आएमा पार्टिलाई नै घाटा हुने भएको हुँदा यस्तो अनौपचारिक स्तरका कार्यकता तथा सहयोगी परिचालित नगर्दा नै उत्तम हुन्छ ।

४. फेसबुकबाट यस्तो संकटको बेलामा समेत वास्तविक मुल्य भन्दा ४ गुणा सम्म बढी मुल्यमा सामान ल्याउँदा विरोध हुन सक्छ भन्ने कुरालाई मध्यनजर गर्दै निर्णय सच्याउनु पर्नेमा सो गलत कार्यलाई पुष्टि गर्न नेताहरुले दिएको व्यक्तिगत अभिव्यक्तिले संगठनलाई कमजोर बनाउने हुँदा यस्तो कार्य रोक्ने ।

५. कुनै पनी कमिटीमा आवद्ध नभएका कार्यकर्ता, शुभ चिन्तक, मतदाता आदीले सरकारलाई सुझाव दिन अन्य कुनै मन्च नभएकोले सामाजिक संजालबाट दिनुपर्ने बाध्यता छ, तर कमिटी भएको व्यक्तीले त्यहाँ आएर प्रतिश्पर्धा गर्दा उसलाई मान सम्मानमा राख्न कठिनाई हुने हुँदा जिम्मेवार व्यक्तिले सकभर सामाजिक संचाल प्रयोग नगर्ने, गर्दा पनी आफ्नो गलत सावित भई अलपत्र नपर्ने ढंगले बहस गर्ने ।

६. भ्रष्टाचारमा शुन्य सहनशिलता भन्ने नाराका साथ प्रधानमन्त्रिले काम गर्ने, तर तलका कमिटीका व्यक्तिरुले खुलेआम रकम हिनामिना हुँदा वा अपचलन हुँदा वा दुरुपयोग हुँदा गटकै लागी वा कुनै व्यक्ति विशेसको स्वाथएमा त्यसको पक्षपोषण गरिरहने परिपाटी नभएकोले भ्रष्टचारको पक्षमा बोलेको पाई पार्टि संगठन वा संसदिय मोर्चामा समेत अयोग्य घोषित हुने गरी निति बनाउने ।

७. हालको कोरोना उपचारको लागी ल्याउन लागिएको सामान गुणस्तरहिन भएको हुँदा ध्ज्इ ले अनुमोदन गरेको मापदण्ड भित्रको हुनुपर्ने अर्को आवाज थियो, तर सो आवाजहरुलाई सत्ताको शक्ति र पदको रापले कुल्चने भरपुर प्रत्यत्न गरियो । यस्तो परिपाटी अन्त्य गर्ने ।

८. पार्टिका सरकार समर्थिक केही फाईदा लिई रहेका व्यक्तहरु, स्थायी सहयोगीहरु, विचार समुहको स्वार्थमा लाग्ने विना हैसियत र पदका व्यक्तिहरु तथा जन संगठनको पदमा बसेर स्वार्थ लुट्न पल्केकाहरुले समेत भ्रष्टाचार विरुद्धको अभियानलाई रोईलो गरेको, नकारात्मक बनेको, अनाबश्यक विवाद झिकेको भन्ने आरोप लगाउँदै आक्रामक हुँने गरेकोले उनिहरुले आफुले गरेको प्रतिरक्षा गलत सावित हुँदा मुन्टो लुक्ने ठाउँ समेत नपाउने हुँदा यस प्रति सजग रहनुपर्ने ।

९. संस्थागत पदिय दायित्वमा रहेको व्यक्ति संस्थागत निर्णय विाना व्यक्तिगत रुपमा बोल्न नपाउने सुनिश्चित गर्ने ।

१०. कम्युनिष्ट पार्टिको सरकारमा कुनै पनी जनतालाई भ्रष्टाचार नभएको सुनिश्चित हुन पाउने अधिकार हुन्छ, कसैले पनी उक्त अधिकारमा कटौती गर्न सक्दैन । भ्रष्टाचारको आरोप लागेमा परिक्षण पास हुन तयार हुनुपर्छ ।

११. पार्टिका नेताहरुले अरौटे, भरौटे, हुक्के, हुलाकी पाल्ने कार्य बन्द गर्नुपर्ने, यस्तो कार्यमा प्रयोग हुनेलाई कारवाहि गर्नुपर्ने ।

१२. नेपालमा रोजगार नपाई दुख गर्न बैदशिक रोजगारीमा गएका व्यक्तहरु समेत १२ घण्टा डिउटी गरेर बाँकी रहेको समय नेपालमा गुटबन्दि गर्न खर्च गर्ने, नकारात्मक टिप्पणीगर्ने गरेकोले विदेशमा गई दुखः गर्ने व्यक्तिले नेपालको राजनितिक तथा अन्य विवाद भन्दा टाढा रही गुटगत स्वार्थ भन्दा आफ्नो रोजगारीको स्वार्थमा समय दिन अुनुरोध गर्नुपर्ने ।

१३. यत्रो अरबौंको सामान खरिद गर्ने कार्यमा पार्टिको आधिकारिक निर्णय तथा जिम्मेवारी चाहिँनेमा यस्तो कार्यमा पार्टिको सचिवालय वा स्थायी कमिटी मौन बस्ने नहुने । पार्टिको निर्णय अनुसार सरकारले यस्तो ठुलो डिल टुङ्याउनु पर्ने ।

बस्नेत
अधिवक्ता तथा अधिकारकर्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *