भारतीय गुप्तचर संस्था रअ प्रमुख नेपालमा

काठमाडौं : भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त कुमार गोयल  नेपाल आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी विशेष चाटर्ड विमानमा बुधबार अपरान्ह काठमाडौं आएका हुन्।

रअ प्रमुखले काठमाडौंमा रहँदा केही राजनीतिक तथा सुरक्षा अधिकारीसँग अनौपचारिक परामर्श गरेको स्रोतले बताएको छ। छिमेकी भारतसँग संवादहीनता बढिरहेका बेला भएको उनको आकस्मिक भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय सेनाप्रमुख कात्तिक तेस्रो हप्ता नेपाल आउँदैछन्। त्यही भ्रमणको तयारीको अनौपचारिक सिलसिलामा उनी आएको बताइएको छ।

गोयल बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *