बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ। सामाजिक सञ्जाल ट्वीटरमा उनी आफैले यसको पुष्टि गरेका हुन्।

जोन्सनले ट्वीटरमा भिडियो पोष्ट गरेका छन्, जसमा आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताएका छन्। मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको उनले बताएका छन्।

उनी सेल्फ आइसोलेसनमा बसेका छन्। कोरोना संक्रमण देखिए पनि घरमै बसेर सरकार सञ्चालन गर्ने उनले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *