बुद्धि सुवेदीबिरुद्ध एनआरएनएमा उजुरी (पत्र सहित)

गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीबिरुद्ध उजुरी परेको छ ।

एनआरएनए अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटा लगायत तीन जना क्षेत्रीय उपसंयोजकले संघका अध्यक्षहरुलाई शनिवार एक पत्र लेख्दै सुवेदीले साधारण सदस्यता समेत खारेज गर्ने धम्की दिएको भन्दै कार्यवाहीको माग गरेका हुन् ।

उपसंयोजकहरु अभिमन्यु बस्नेत, पशुपतिराज पाण्डे, पुरुषोत्तम बोहराद्धारा हस्ताक्षरित पत्रमा आइसीसीको ८२ औं बैठकले सुवेदीको कार्यसमितिको खारेजी गरेको स्मरण गर्दै तत्कालन उनका क्रियाकलाप रोक्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *