माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन्।
अब आफूहरू सँगै बस्न नसक्ने अवस्था आएको भन्दै उनीहरूले सम्बन्ध विच्छेद गरी अलग हुने निर्णयमा पुगेको जानकारी संयुक्त रूपमा सामाजिक सञ्जालमार्फत दिएका हुन्।
यसबाहेक के कारण सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगिएको हो भन्ने विषयमा केही भनेका छैनन्।
उनीहरूले २७ वर्षपछि आफ्नो दाम्पत्य सम्बन्ध तोड्न लागेका हुन्।
निकै सोचविचार गरेर सम्बन्ध विच्छेदको निर्णय गरिएको उनीहरूले बताएका छन्।
बिल र मेलिन्डाको भेट सन् १९८० को आखिरी दसकमा भएको थियो। मेलिन्डा त्यतिबेला माइक्रोसफ्ट कम्पनीमा जागिरेका रूपमा प्रवेश गरेकी थिइन्। उनीहरूका ३ सन्तान छन्।
सम्वन्ध विच्छेद भए पनि बिल एनड मेलिन्डा गेट्स फाउन्डेसनमा भने सँगै काम गर्ने उनीहरूले बताएका छन्।
उनीहरूले ट्विटरमा लेखेका छन्, ‘फाउन्डेसनमा सँगै काम गर्ने क्रम भने जारी राख्छौं।’
सम्बन्ध विच्छेदपछिको आर्थिक लेनदेनबारे भने उनीहरूले केही खुलाएका छैनन्।