बालुवाटारमा देउवासँग गगन र विश्वप्रकाशले के-के विषयमा गरे कुराकानी?

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग पार्टी र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन्।

महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग पाँच विषयमाथि केन्द्रित रहेर छलफल गरेका हुन्।

पार्टीको नीति महाधिवेशन गर्नेबारे छलफल भएको छ।  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले समेत मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

 

थापा र शर्माले सोमबार सभापति देउवालाई बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । त्यसक्रममा पार्टी र सरकार सञ्चालन तथा सार्वजनिक सरोकारका विषयमा सभापति देउवाको ध्यानाकर्षण गराएको महामन्त्री शर्माले बताए । ‘सर्वोच्च अदालतले दुई वर्ष अगाडि नै विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई कानुन निर्माण गर्न र आवश्यक वातावरण बनाउन आदेश दिइसकेको छ, तर स्थानीय तह निर्वाचनमा त्यस्तो प्रबन्ध हुन सकेन,’ उनले भने, ‘आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था होस् भनेर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौँ ।’

भेटमा शर्मा र थापाले प्रधानमन्त्री देउवालाई अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने भनेर पत्राचार गर्न आग्रह गरेका छन् । ‘एसपीपीको विषय राष्ट्रहितमा छैन । यसमा राष्ट्रिय सहमतिको बातावरण बनाउनुस् र हामी कहिल्यै पनि सहभागी हुदैनौँ भनेर पत्राचार गरौँ,’ महामन्त्रीद्वय शर्मा र थापाको सुझाव छ । महामन्त्री शर्माले एसपीपीमा सधैँको लागि च्याप्टर क्लोज गर्नुपर्ने सुझाव राखेको बताए । ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्याएर सधैँलाई बन्द गरिदिनुस् । विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्षलगायत राजनीतिक दललाइ बोलाएर छलफल गरौँ, र साझा धारणा बनाऔँ,’ प्रधानमन्त्री देउवालाई सुझाव दिएको सुनाउँदै महामन्त्री शर्माले इकान्तिपुरसँग भने ।

त्यस्तै, पुँजीबजारमा भइरहेको आन्दोलनलाई समेत सम्बोधन गर्न सुझाव दिएको उनले बताए । भेटमा पार्टीको महाधिवेशन भएको छ महिना बित्न लागेको, र त्यो अवधिमा पूरा गर्नैपर्ने कतिपय विधानले तोकेका कार्यहरु रहेको भन्दै ती कार्य पूरा गर्नुपर्ने, भ्रातृ संस्थाको पदाधिकारी नियुक्ति गर्नुपर्ने, नीति महाधिवेशन बोलाउने लगायत कामको लागि प्रक्रिया अघि बढाउनुपर्ने बारे छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *