बाँच्छु जस्तो लागेको थिएन तर बाँचेः शम्भु मोक्तान

केहि दिन ज्यान दुख्यो । पेनकिलर खाएर बसे एकहप्ता वित्दा पनि ठिक भएन, सबैतिर कोरोनाको कुराले मलाई केहि डर चाही लागेकै थियो । एक हप्तापछि जव स्वासप्रस्वासमा समस्या आएपछि म अस्पताल गए । बाहिर प्रचारमा आएका जस्ता कुरा मलाई रुघा लाग्ने, सिगान बग्ने केहि भएन । मलाई लाग्छ त्यो लक्ष्यण व्यक्तिपिच्छे फरक हुने रहेछ की जस्तो लाग्छ । स्वासप्रश्वासमा समस्या आउने कुरा चाही कोरोना संक्रमणमा परेकाहरुलाई देखिने मुख्य समस्या रहेछ । त्यसैले मेरो अनुभवमा स्वास प्रस्वासमा समस्या आएपछि म अस्पताल गएको हुँ । त्यसैले अहिले रुघाखोकी लाग्दैमा र जिउ दुख्दैमा कोरोना संक्रमण भयो भनेर नआत्तिनुहोला । तर स्वासप्रश्वासमा समस्या आउन थाल्यो भने चाँही ढिलो गर्न नहुने रहेछ ।
म न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पतालको इमर्जेन्सीमा गएँ जहाँ मेलै निकै राम्रो उपचार पाए । कतिपय अवस्थामा अस्पतालमा राम्रो उपचार भएन की भन्ने कुरा छ मैले अस्पतालभित्र राम्रो उपचार पाए । अस्पतालमा भर्ना हुने वित्तिकै सुरुमा नै अस्पतालले परिवारका अन्य सदस्यहरु बिरामी भए नभएकोबारे जानकारी मागियो परिवारमा कोही पनि बिरामी नभएकाले टेस्ट गर्नुपर्ने कुरा उठाइएन र मेरो उपचार प्रक्रिया निकै फटाफट हुँदो रैछ । मैले सुने जस्तो नराम्रो थिएन ।
डाक्टर र नर्सहरु नियमित आउने र भित्र हुने सबैखाले सुविधामा कमी भएन । सुरुमा मलाई नाकमा स्वाप हालेर चेक गरियो । डाक्टरहरुले दुईदिनमा रिपोर्ट आउने बताए तर एक दिन मै मलाई निमोनिया देखिएकाले घर पठाउन नमिल्ने बताइयो । अनि मलाई थप डर त लाग्यो नै बाँकी रिर्पोट जाँच गर्ने काम भयो । त्यो दिन बेलुका मलाई स्वासप्रश्वासमा निकै गाह्रो भयो र मलाई अक्सिजन दिएर भेन्टिलेटरमा राखियो । दुखेको बेला पेनिकिलर र भिटामिन सी र वि नियमित दिइयो । भर्ना भएको दुईदिनपछि डाक्टरले भेटेर भन्यो तिमीलाई कोरोना भाइरस पोजेटिभ भेटियो भनेर भनेपछि मलाई झन डर त लाग्यो तर मसंग कुनै उपाय थिएन । हरेक दिन जस्तो मेरो विभिन्न तहमा रगत जाँच गरियो । अस्पतालमै रहेको बेलामा मैले आफूलाई कोरोना पोजेटिभ भएको कुरा कन्र्फम गरेपछि सार्वजनिक गरें । कोरोना संक्रमण भएको निश्चित भएपछि बाँच्ने निकै थोरै मात्र थियो तर मृत्यूलाई जिते । मलाई जे भए पनि समाजका लागि केहि सजिलो र सुचनामुलक बनोस भन्ने हेतुले मैले सार्वजनिक गरे । यदि मैले यो गोप्य कुरा राखे नेपाली समाज, देश कसैलाई थाहा हुनेछैन, गोप्य नराखेमा सबैबाट सहयोग हुनेछ भन्ने हेतुले मैले आफ्नो बारेमा सार्वजनिक गरेको हुँ । मलाई लाग्छ मैले जे गरे ठीक गरे भन्ने लागेको छ । यसैबेला पाँचौदिन डाक्टरले भने – ‘तिमी खतरा मुक्त भयौं । सबै रिपोर्ट हेर्दा तिमीलाई अब डराउनु पर्दैन भन्दा म निकै खुसी भए । डाक्टरले अस्पताल बस्नु भन्दा घरमा आराम गरेको राम्रो हुन्छ भने पछि म अहिले घरमा बसेर आरम गरिहेको छु । बोल्दा स्वास प्रस्वासमा अलि समस्या देखिएको छ । जो संक्रमणमा हुनुहुन्छ तपाईहरुले जानकारी दिनुस र केहि लक्ष्णण देखिए पनि नडराइृकन चेक जाँच गराउनुस ।
मोक्तान कोरोना संक्रमणपछि घरमा रेष्ट गरिहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *